१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न



देवदह । देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीको आयोजना, ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीले देवदह मदरटङ्गस एकेडेमीका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गरेको हो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीका संयोजक श्रद्धा कुवरको अध्यक्षता र देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आथ्यितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै उपप्रमुख गुरुङ्गले सचेतना नहुँदा महिला हिंसा बढिरहेको बताइन । उनले यौन जन्य हिंसा न्यूनिकरण गर्न यस्ता तालिमले महत्वपूर्ण सहयोग गर्नेमा जोड दिइन । उनले समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोले यौन हिंसा तथा साईवर क्राईम रोक्नको लागि विद्यालय तहबाट नै सचेतना कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिइन ।

कार्यक्रममा साईवर क्राईमको बारेमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले विद्यार्थीहरुलाई सचेतना गराएका थिए । यसैगरी गुड टच व्याड टच सम्वन्धी डा. अनामिका वस्यालले विद्यार्थीहरुलाई प्रशिक्षण दिएकि थिइन । ईसा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले देवदह नगर कमिटीका ईन्चार्ज यम राना, देवदह मदरटङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : ०६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क