२२ मंसिर २०८२, सोमबार | December 8, 2025

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाएका छन् ।

उनले यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ क्रिसमस पर्वको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : १५ बजे

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम