७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

काठमाडौंमा यस वर्षकै चिसो दिन



काठमाडौं । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाडौं सहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । पुस लागेसँगै देशभर चिसो बढेको छ ।

यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले जानकारी दिएयो । उनका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो । कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापनअनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ मिलिमिटर र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ५४ बजे

मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०र१३२/३३ केभी सबस्टेसनमा

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा – तीन दिनको पदमार्ग चार घण्टामा

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा स् तीन दिनको

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको

चितवनमा मह उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी,