४ चैत्र २०८२, बुधबार | March 18, 2026

सत्ता गठबन्धन टुट्ने सम्भावना बढेको प्रचण्ड सचिवालयको संकेत



काठमाडौं । माओवादी केन्द्रका प्रचण्डको सचिवालयले सत्ता गठबन्धन टुट्न सक्ने संकेत गरेको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् ।

उनले राजनीतिमा आफू कमजोर हुँदा एउटा सहमति र माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति  तोडि हाल्ने  खराब प्रवृत्ति हाबी भएको समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ।’

उनले पछिल्लो घटनाक्रमले इतिहासको फेरि दुखान्त पुनरावृत्ति देखाएको औंल्याउँदै गठबन्धन विघटनतर्फ अघि बढेको संकेत गरेका छन् ।

सरकार गठनका लागि पाँच दलीय गठबन्धनले बहुमत पुर्‍याउन सक्छ । यद्यपि, सत्ता गठबन्धनमा प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको छ ।

सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै लिन पहल गरिरहेको छ भने, तेस्रो दल माओवादी केन्द्रले पहिलो दुई वर्ष सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेको छ । तर, गठबन्धनमा सरकारको नेतृत्व कसले लिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको म्याद आज साँझ ५ बजे सकिँदैछ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : ४३ बजे

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा