काठमाडौं । माओवादी केन्द्रका प्रचण्डको सचिवालयले सत्ता गठबन्धन टुट्न सक्ने संकेत गरेको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् ।
उनले राजनीतिमा आफू कमजोर हुँदा एउटा सहमति र माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडि हाल्ने खराब प्रवृत्ति हाबी भएको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ।’
उनले पछिल्लो घटनाक्रमले इतिहासको फेरि दुखान्त पुनरावृत्ति देखाएको औंल्याउँदै गठबन्धन विघटनतर्फ अघि बढेको संकेत गरेका छन् ।
सरकार गठनका लागि पाँच दलीय गठबन्धनले बहुमत पुर्याउन सक्छ । यद्यपि, सत्ता गठबन्धनमा प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको छ ।
सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै लिन पहल गरिरहेको छ भने, तेस्रो दल माओवादी केन्द्रले पहिलो दुई वर्ष सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेको छ । तर, गठबन्धनमा सरकारको नेतृत्व कसले लिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको म्याद आज साँझ ५ बजे सकिँदैछ ।
नेपाली राजनितिको एउटा खराव चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमती गर्ने तर आफु माथी पुगे भन्ने भान पर्न थाल्दा सहमती तोडिहाल्ने ।
पछिल्लो घटनाक्रमले के देखाउछ कि ईतिहासको फेरि दुखान्त पुनरावृती हाम्रा सामु छ।— Ramesh Malla (@Rameshmalla035) December 25, 2022


















प्रतिक्रिया