८ चैत्र २०८२, आइतबार | March 22, 2026

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पहिलो चरणमा नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री सहित मन्त्री बनाउने निर्णय गरेको हो । केही दिनअघि मात्र राष्ट्रिय सभामा दलको नेतामा चयन भएका श्रेष्ठ मन्त्री बन्न लागेको माओवादी सचिव दीनानाथ शर्माले बताए । तर उनी कुन मन्त्री बन्दैछन् भन्नेबारे अहिल्यै टुंगो लागेको छैन ।

अन्य मन्त्रीहरुको बारेमा भने सत्ता सहयात्री अन्य दलहरुसँग छलफल गरेपछि मात्र टुंगो लाग्ने बताइएको छ । अहिले ११ बजे सत्ता सहयात्री दलहरुको संयुक्त बैठक बस्दैछ । आज पाँच दलबाट एक एक जना मन्त्रीले सपथ लिएर मन्त्रिपरिषद् गठन हुने नेता शर्माले जानकारी दिए ।

पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको विकसिर राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसहितका मन्त्रीहरुले आज साँझ ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण गर्नेछन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ४८ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली