२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी, २ लाख बढी अवलोकनकर्ता मेला भित्रिए

मेला भित्रै बिहिबार पर्यटनको सम्भावना खोजिँदै



बुटवल । रुपन्देहीउद्योग संघको आयोजनामा बुटवलमा पुष७ गतेबाट सुरु भएको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ७ दिन पार गरेको छ । पुष १९गतेसम्म सञ्चालन हुने प्रदर्शनीको हालसम्म २ लाखभन्दा वढी दर्शकहरुले अवलोकन गरिसकेको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी आयोजनासँगै प्रदर्शनी स्थलमा विभिन्न विषयमा अन्तरक्रिया तथा प्रतियोगिताहरु पनि भैरहेका छन् ।

यसै क्रममा विहिवार प्रदर्शनी स्थल बुटवल मण्डपमा पर्यटन उद्योगः विकास र सम्भावना विषयक गोष्ठीको आयोजना गरिदैछ । समृद्ध नेपाल निर्माणको आधार, स्वदेश उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालित प्रदर्शनीमा आयोजना गरिने गोष्ठीमा डा. हरि राईले कार्यपत्र प्रस्तुत गर्नुहुने गोष्ठी संयोजक राजु घिमिरेले जानकारी दिनु भयो । वि हान प्रदर्शनी स्थलमा हुने कार्यक्रममा उपस्थितिका लागि उद्योगी, स्टल धनी, सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।

प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु जारी छ । प्रदर्शनी कार्यक्रममा आयोजना गरिएको कलेज स्तरिय वक्तृत्वकला प्रतियोगिता र विद्यालय स्तरिय लोक नृत्व प्रतियोगिता सम्पन्न भएको छ । अन्तर कलेज वक्तृत्व कला प्रतियोगितामा सैनामैना कलेजका दुर्गा खनाल प्रथम, नविन औद्योगिक माविकी जुना परियार द्वितिय तथा बहुमुखी क्याम्पसका विशाल पन्थी तृतिय भएका थिए । प्रतियोगितामा निजी तथा सामुदायिक र सरकारी गरी २२ कलेजका प्रतियोगीताहरु सहभागी रहेका थिए ।

यसैगरी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगित पनि सम्पन्न भएको छ । जसमा १९ विद्यालय सहभागि भएका थिए । जसमा एभरेष्ट बोर्डिङ स्कूल प्रथम, न्यू होराइजन स्कूल दोस्रो र सैनामैना स्कूल तेस्रो भएको थिए । विजेताहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

बुधवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गित प्रतियोगिता, टिकटक ट्यालेन्ट हन्ट तथा प्रदर्शनी आइडलको प्रतिस्पर्धा एवं छनौट प्रक्रिया भएको छ । दोहोरी गित प्रतियोगिता अन्तरगत बुधवार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी प्रदेश र खस्यौली रोधी क्लव प्रा.लि. बुटवल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्की र दरबार रोधी क्लव वीच प्रतिष्पर्धा भएको थियो । यता प्रदर्शनी आइडल–२०७९ को टप ५ छनौट भएका छन् । सांस्कृतिक कार्यक्रम अन्तरगत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत चर्चित दोहोरी गायक शिषिर देवकोटा, दोहोरी गायक बसन्त लम्साल, गायीका सिता राना र गायक कमल भट्टराईको प्रस्तुती रहेको थियो ।

विहिवार सांस्कृतिक कार्यक्रम अन्तरगत गायक पशुपति शर्मा, गायिका, पूर्णकला बि.सी.,मन्जु भट्टराई, हास्य कलाकार माइलाबा लगायतको विशेष प्रस्तुती रहनेछ ।

बुटवलमा पहिलो पटक आधुनिक प्रदर्शनी केन्द्रमा आयोजना भएको प्रदर्शनीमा खाद्यान्न, कपडा र घरायशी सामानहरुको विक्री बढी भएको छ । अवलोकनका क्रममा उत्पादनको बारेमा सोधपुछ गर्ने, गुणस्तरका बारेमा जानकारी लिदै सामान खरिद गरेको स्टलधनीहरुले बताएका छन् । प्रदर्शनीमा उपभोक्ताहरुलाई अवलोकन गर्न सजिलो होस् भन्दै एकै प्रकृतिका उत्पादनहरुको एकै पेभेलियन बनाएर स्टलहरु राखिएको छ । जस अनुसार कृषि, फुड तथा वेभरेज, कपडा, प्रविधि उद्योग लगायतका १० वटा विभिन्न प्रकृतिका उत्पादनहरुको पेभेलियन बनाइएको छ । खुल्ला चौरमा पहिलेका आयोजनाका क्रममा धुलोका कारण अवलोकन कर्ता तथा स्टलधनीहरुलाई सास्ती झेल्नु पर्ने गर्दथ्यो तर यसपटक त्यो समस्या रहेको छैन ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : २१ बजे

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१