१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सकियो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, लक्ष्य अनुसार दर्शक र कारोवार



बुटवल । पहिलो पटक बुटवलमा निर्माणाधिन आधुनिक प्रदर्शनी केन्द्रमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुष ७ गतेदेखि संञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलवार सम्पन्न भएको छ । प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदर्शनीको समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रदेश सभासद एवं पूर्वमन्त्री लिला गिरीले रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले खस्कँदो आर्थिक अवस्था चलायमान बनाउँदै यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि नयाँ गोरेटेको कोर्ने विश्वास व्यक्त गरे । उनले मुलुकले राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दा अब सबैको सरोकारको विषय बन्नु पर्ने धारणा राखे । उनले यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा उद्योग संघले खेलेको भूमिकालई कसैले विर्सन नसक्ने बताउँदै नीजी क्षेत्र र राज्य एक भएर उद्योग क्षेत्रका समस्या समाधान गर्न अगाडी बढ्न सुझाव दिए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले राष्ट्रिय महत्व बोकेको उल्लेख गर्दै उद्योगको विकासका र संरक्षणको नीति अवलम्बन गर्न राज्यसँग आग्रह गरे ।

प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका अग्रजहरुको पहलमा थालिएको औद्योगिक प्रदर्शनी यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताए । अध्यक्ष पौडेलले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आधुनिक डिजाइनमा ऐतिहासिक रुपमा प्रदर्शनी सम्पन्न गरेको बताए ।

उनले शसस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारी लगायतका अनेक थुप्रै असहजता र समस्यासँग लड्दै अस्थिरताकाबीच लगानी गरिरहेका उद्योगी व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन प्रदर्शनीले थोरै भए पनि सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे ।

समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मुल समितिका सदस्य सचिव हरि बहादुर खत्रीले प्रदर्शनीमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरे भन्दा अत्याधिक बढी दर्शकहरु आएको तथा आर्थिक कारोवार पनि भएको बताए ।

प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठान उत्पादनहरु ४१५ वटा स्टलहरुमा सहभागी भएका थिए । यस प्रदर्शनीमा उद्योगहरुको प्रकृतिलाई हेरी विशेषता अनुसार बिभाजन गरिएको थियो । जस अन्तरगत खाद्यान्नमा ४८ प्रतिष्ठान, हस्तकलामा ३३ प्रतिष्ठान, बेकरी÷अचार÷आइक्रिममा ३० प्रतिष्ठान, कृषिमा ३२ प्रतिष्ठान, घरायसी÷सौन्दर्यमा ३६ प्रतिष्ठान, जुत्ता÷चप्पलमा २५ प्रतिष्ठान, गार्मेन्टमा २६ प्रतिष्ठान, उद्योग÷प्रविधि उद्योगमा ४६ प्रतिष्ठान र होटलमा १५ प्रतिष्ठान सहभागी रहेका छन् । त्यसैगरी क्षेत्र गत अवस्था हेर्दा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको थियो ।
जसमा रुपन्देही, कास्की, मोरङ, भक्तपुर, अर्घाखाँची, गुल्मी, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङ्जा, काठमाडौ, ललितपुर, बाके, चितवन, झापा, मोरङ, बारा, धनुषा, जुम्ला, मकवानपुर, विरगञ्ज, सुनसरी, जनकपुर, हेटौडा, सर्लाही, भोजपुर, दाङ, उदयपुर, दोलखा, मुस्ताङ लगायत रहेका थिए ।

स्टल मूल्यांकनतर्पm होटल तथा रेष्टुरेण्ट पेभिलियन मध्ये उत्कृष्ट श्री गुड् डु द भेगन किचन, गार्मेण्ट्स पेभिलियनतर्फ उत्कृष्ट श्री भिना गार्मेन्ट प्रा.लि. काठमाडौं, बेकरी, आईसक्रिम तथा अचार पेभिलियनतर्फ उत्कृष्ट श्री लकासी अचार उद्योग र श्री भिटामिन फुड्स एण्ड क्याफे, बुटवल, हाउस होल्ड एण्ड ब्युटी पेभिलियनतर्फ उत्कृष्ट श्री तिनाउ टप किचन इण्डष्ट्रिज प्रा.लि., तिलोत्तमा न.पा. र श्री एन्जल टच हाइजिड्ड म्यानुप्mयाक्चरिड्ड प्रा.लि., भैरहवा, हस्तकला पेभिलियनतर्फ उत्कृष्ट श्री एम.बी.काष्ठ तथा हस्तकला उद्योग, बुटवल, कृषि पेभिलियनतर्फ पैंचो पसल प्रा.लि., बुटवल उत्कृष्ट भएका छन् । उत्कृष्ठ स्टल संचालकहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रदर्शनीको पुष ७ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। औद्योगिक प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधव प्रसाद पौडेलको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति र ३२ वटा विभिन्न प्रकृतिका उपसमितिहरु गठन गरिएको थियो ।

समापनका दिन मंगलवार पनि प्रदर्शनी स्थलमा दर्शकहरु प्रदर्शनी अवलोकन गर्न ठूलो संख्यामा आएका थिए । अन्तिम दिन अवलोकनकर्ताहरुले सामान अत्यधिक खरिद गरेको स्टलधनीहरुले जनाएका छन् । यस पटकको प्रदर्शनी अघिल्ला आयोजनाहरु भन्दा भिन्न र आधुनिक व्यवस्थापनका साथ ऐतिहासिक रुपमा सम्पन्न भएकोमा आयोजकहरुले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ८ : ४९ बजे

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण