१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

औद्योगिक प्रदर्शनी–२०७९ को ९ औं दिन, प्रदर्शनी स्थलमा दर्शकको भिड थामी नसक्नु



बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ पुष ७ गतेदेखि संचालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा शुक्रवार प्रदर्शनी स्थलमा दर्शकहरुको ओइरो लागेको थियो । सार्वजनिक विदा तमु ल्हेसार परेका कारण दर्शकहरुको भिड अत्याधिक भएको हो ।

प्रदर्शनी सचिवालयले दिएको जानकारी अनुसार शनिवार एकै दिन प्रदर्शनी अवलोकन गर्न करीब १ लाख दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजकको तर्फबाट टिकट काउन्टर बाहिर प्रदर्शनी गेटमा थप नयाँ काउन्टर स्थापना गरी टिकट विक्री गरेको थियो । प्रदर्शनी हेर्न अवलोकनकर्ताहरु विहान दशै वजेदेखि टिकट काउन्टरमा लाइनमा बसेका थिए । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनी स्थलमा छिर्न मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरु सक्रिय भएका थिए । आज प्रदर्शनी अवलोकन गर्न भिड बढ्ने अनुमान गर्दै पूर्व आवश्यक तयारी गरिएको थियो ।

आजको दर्शकहरुको उपस्थितिले हाम्रो आयोजना पूर्ण सफलतातर्फ अगाडि बढेको विश्वास व्यक्त गर्दै मुल समितिका संयोजक माधव प्रसाद पौडेलले आफुहरुलाई उत्साहित बनाएको बताए । उनले उद्योग संघको प्रदर्शनी सधै ऐतिहासिक बन्ने गरेको जिकिर गर्दै यस पटकको प्रदर्शनी पनि उचाईमा पुगेको दावी गरे । आधुनिक प्रदर्शनी केन्द्रमा नयाँ व्यवस्थापनका साथ आयोजना गरिएको कार्यक्रममा दर्शकहरुले कुनै पनि प्रकारको समस्या झेल्नु नपरेको जनाइएको छ ।

प्रदर्शनी हेर्न आएका दर्शकहरुको भिड अत्याधिक बढेपछि टिकट काउण्टर बढाएर टिकट विक्री गरी सहजता प्रदान गरेको प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताए । यस पटक मण्डपमा एकै पटक ५० हजार दर्शक रहन सक्ने क्षमता भएका कारण व्यवस्थापन सहज भएको थियो । मण्डप भित्रका दर्शकहरुलाई बाहिर निस्कनका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । गेटबाट अवलोकनका लागि छिरेका दर्शकहरु स्टल हुँदै मञ्च रहेको खाली मैदानमा र बाल मनोरञ्जन क्षेत्रमा पुगेका थिए ।

प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव हरि बहादुर खत्रीका अनुसार आज प्रदर्शनीमा उर्लेको दर्शकहरुको भिडले प्रदर्शनीको जननी रुपन्देही उद्योग संघलाई दर्शकहरुको अपार मायाले कामका लागि हौसला थपेको बताए । खत्रीले प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई सकेसम्म कुनै प्रकारको समस्या नपरोस भन्ने कुरामा ध्यान दिएको र कुनै पनि प्रकारको दुर्घटना नभएको भन्दै खुशी व्यक्त गरे ।

सुरक्षा व्यवस्था समितिका संयोजक युवराज आचार्यले प्रदर्शनीमा भिड बढेपछि सुरक्षाको पाटो निकै गम्भिर बन्ने हँुदा त्यसमा आफुहरुले निकै सचेत र चनाखो भएर काम गरेका कारण कुनै अप्रिय एवं मानविय तथा भौतिक क्षतिका घटना नभएको बताए । उनले सुरक्षा व्यवस्था कायम गर्न प्रदर्शनीमा खटी सहयोग पु¥याएकोमा सुरक्षा निकायका सबै प्रति आभार पनि व्यक्त गरे ।

सांस्कृतिक कार्यक्रम
प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगतका केही प्रतियोगिताहरुको छनौट चरण अन्तिममा पुगेका छन् भने केहीका अन्तिम नतिजा सकिएका छन् । प्रदर्शनीमा राखिएको दोहोरी गित प्रतियोगिताको फाइनल सम्पन्न भएको छ । फाइनलमा दरबार रोधी क्लव काठमाडौं र खस्यौली रोधी क्लव बुटवल वीच प्रतिस्पर्धा भएको थियो, जसमा दरबार रोधी क्लव काठमाडौं विजेता बन्न सफल भयो । विजेताले नगद ७५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ भने उपविजेताले खस्यौली रोधी क्लव बुटवलले ३७ हजार ५ सय ५५ र तृतीय राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीले १९ हजार ५५ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी प्रदेशले १९ हजार ५५ रुपैया नगद प्राप्त गरेका छन् । विजेता टिमलाई प्रदर्शनी मुल समितिका संयोजक माधव प्रसाद पौडेलले पुरस्कार प्रदान गर्नु भएको थियो ।

यसैगरी प्रदर्शनी आइडल–२०७९ प्रतियोगिता अन्तरगत अन्तिम टप ५ गायकको प्रस्तुती भएको छ । शनिवार प्रतियोगितामा टप ४ को प्रस्तुति हुने छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शुक्रवार लोकदोहोरी गायक खुमन अधिकारी, गायिका शान्तिरानी परियार, एन्जिला रेग्मी, गायक रविन लामिछाने, प्रिन्स मल्ल लगायत कलाकारहरुको प्रस्तुति रहेको थियो भने शनिवार लोकदोहोरी गायक खेम सेन्चुरी, लोकदोहोरी गायिका मन्जु पौडेल, अस्मिता डल्लाकोटी, गायक मानसिंह खड्का, नृत्य प्रशिद्धी ढकाल, लगायतको प्रस्तुती रहने छ भने उद्घोषण नारायण खनाल लेकाली, गोपाल अधिकारी, आविष्कार खनालको रहनेछ ।

उद्योग संघले उपत्यका बाहिर पहिलो पटक २०४५ सालमा बुटवलमा प्रदर्शनीको आयोजना गरेको हो । जारी प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, लोकगीत र नृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, स्टलहरुको छुट्टाछुटै ग्राम समावेश गरिएका छन् । प्रदर्शनीको करिव ६ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोवार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : २५ बजे

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र