२१ भदौ २०८३, आइतबार | September 6, 2026

बुटवलमा पुस ३ गतेदेखि १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने



बुटवल । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ ।

शनिबार प्रदर्शनी गेट परिसर रामनगरमा बोर्ड गाडेर मेलाको औपचारिक सुरुवात गरिएको हो ।  यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट यसको निर्णय गरेर शनिबार औपचारिक रुपमा बुटवल रामनगरस्थित प्रदर्शनी गेटमा बोर्ड गाडेर यसको सुरुवात गरेको जनाएको छ ।

प्रदर्शनी गेट परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघले ४ दशकअघिबाट सुरुवात गरेको औद्योगिक प्रदर्शनी ब्राण्ड बनेको उल्लेख गर्दै यसअघि ०७८ सालमा यस क्षेत्रका व्यवसायिक संस्थाहरुबीच बसेर बुटवल उपमहानगरमा गरेको समझदारीअनुसार अघि बढेको जनाए । ‘औद्योगिक प्रदर्शनी रुपन्देही उद्योग संघले ब्राण्ड गरेको इतिहास लुकेको छैन, हामीले हरेक वर्ष आफैले यो गर्ने भनेका पनि छैनौं, पूर्ववत समझदारीअनुसार पुसको प्रदर्शनी गर्ने पालो संघको हो, तत्काली समझदारीकर्ताले यो विषय हेरे प्रष्ट हुन्छ, तत्कालीन जनप्रतिनिधिसमेतको रोहबरमा गरिएको समझदारीअनुसार हामीले यसको प्रकृया अघि बढाएका हौं’ उनले भने ।

उनका अनुसार ०७८ पुस १ गते तत्कालीन नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बैठक बसेर रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संगठनको नेतृत्वबीच बसेर समझदारी गरिएको हो । त्यो समझदारीमा तत्कालीन अवस्थाका रुपन्देही उद्योग संघबाट माधव पौडेल, उद्योग वाणिज्य संघबाट अध्यक्ष उज्ववल कसजु, व्यापार संघबाट अध्यक्ष यमलाल लोहोनी, उद्योग व्यपार संघबाट अध्यक्ष गोविन्द गैरेसहितले हस्ताक्षर गरेका छन् । त्यसमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र बुटवल उद्योग वाणिज्य संघले औद्योगिक प्रदर्शनी पालैपाले गर्ने समझदारीसहितको निर्णय गरिएको दावी रुपन्देही उद्योग संघले पेश गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ५ : १३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका