२३ माघ २०८२, शुक्रबार | February 6, 2026

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुरकाे भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्बिरमा पीडितको टाउको जोडी पीडित लगायत पीडितका आफन्त तथा साथीहरुले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा उक्त अश्लिल तस्बिर पठाई पीडितलाई मानसिक तनाव,  दु:ख हैरानी दिने कार्यमा संलग्न रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १२ : २६ बजे

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा