२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

निर्मला कुर्मी प्रकरणमा बसेको अनशनलाई डा.गोबिन्द केसीको एक्यवद्धता, आरोपित बादशाहले खाए शपथ



काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा भइरहेको तेस्रो चरणको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् ।

रुवि खानले नेतृत्व लिएको उक्त आन्दोलनमा डा. केसी, अधिवक्ता ओमप्रकाश अर्यालले आइतबार माइतीघर मण्डलामा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

बाँकेकी निर्मला कुर्मीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको आइतबार चार दिन भइसकेको छ ।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने चार बुँदे माग गरिएको छ ।

सोही समुहले निर्मला प्रकरणमा हत्याको आरोपमा किटानी जाहेरीमा परेका लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले आज प्रदेशसभा सदस्यको सपथ खाएका छन् । शपथ रोक्न माग गर्दै खान सहितको टोललिे लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई स्मरणपत्र बुझाएका थिए ।

प्रहरीले भारतमा कालगतीले मृत्यु भएको दाबी गरेपनि खान सहितको अधिकारकर्मीहरुले कुर्मीको जग्गा हडप्ने उद्देश्यले निर्मलाको हत्या गरेको आरोप लगाउँदै आएको छ । प्रदेशसभामा कांग्रेसबाट निर्वाचित बादशाह सहित ८ जना विरुद्ध निर्मलाका आफन्तले मुद्दा दर्ता गराएका छन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ५ : ३१ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा