७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनी प्रदेशसभा अधिवेशन सुरु



बुटवल। लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी सम्हालेका छन् ।

उनलाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी दिएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभा सदस्यहरूले शपथ लिएको भोलिपल्ट प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।

यो अधिवेशनमा सोमबार दुई वटा बैठक बस्ने कार्यसूची छन् । प्रदेशसभा सचिव दुर्लभ कुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाएका छन् भने प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बोधन गरेका छन् ।

उनको संविधानसँगै आधा घण्टाका लागि बैठक स्थगित भएको छ। दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव दुर्लभ कुमार पुनले बताए ।

बैठकमा राजनीतिक दलहरूको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने छन् । लुम्बिनी प्रदेश सभामा यस पटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । आजको अधिवेशनसँगै सरकार गठनको प्रक्रिया पनि सुरु भएको छ ।

अहिलेसम्म माओवादीबाहेक सबै दलले दलको नेता छानिसकेका छन् । सरकार गठनका लागि एमाले,माओवादी, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, जनमतसहित केन्द्रमा सत्ता गठबन्धनमा रहेका ६ दल यहाँ पनि रहेका छन् ।

८७ सदस्य प्रदेश सभामा यी दलको सांसद संख्या ५२ रहेको छ । प्रदेशको नेतृत्वका लागि एमाले र माओवादीले दाबी गरे पनि एमालेले नै पाउने सम्भावना बढी रहेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ३ : २३ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी