२ भदौ २०८३, मंगलबार | August 18, 2026

चिसोबाट बच्न मुढा वितरण


२० पुस २०७९, बुधबार  

234
Shares

कञ्चनपुर । कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक-चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् ।

चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकलाई असर परेको छ । चिसोबाट जोगाउन बजार क्षेत्रका चोक–चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका-११ का वडाध्यक्ष शेरबहादुर साउदले बताए ।

निकुञ्ज कार्यालयसँग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उनको भनाइ थियो । ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलब्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन् ।

कृष्णपुरका व्यवसायी हरेन्द्र बोहराले चिसोबाट कोही पनि समस्यामा नपरुन् भनेर निःशुल्क ग्रामीण क्षेत्र र बजार क्षेत्रमा दाउरा वितरण गरेका छन । “जनताको जीउधनको सुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्वभित्र पर्दछ”, शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले भने, चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ ।”

बेदकोट नगरपालिका-९ का वडाध्यक्ष जनकबहादुर विष्टले आवश्यकता भएका ठाउँमा मागअनुसार आगो ताप्न बुढा वितरण गरिएको बताए । यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने र दिउँसो शीतलहर चल्ने गरेको छ । चिसो बढेकै कारण जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्दसमेत गरेका छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : ३० बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन