२० असार २०८३, शनिबार | July 4, 2026

म्यानमारमा ७ हजार कैदी रिहा



एजेन्सी । म्यानमारको सैन्य सरकारले देशको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको राज्य प्रसारक एमआरटीभीले रिपोर्ट गरेको छ ।

जुन्ता प्रमुखले आफ्नो राष्ट्रको लागि समर्थन कायम गरेकोमा केही देशहरूको प्रशंसा गरेका छन् ।

प्रजातान्त्रिक ढंगले निर्वाचित सरकालाई करिब दुई वर्षअघिअपदस्थ गरेपछि दक्षिण पूर्वी एसियाली देशलेअन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको छ । सरकारलाई अपदस्थ गरेपछि नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी घरमै नजरबन्दमा छिन् ।

‘म केही अन्तर्राष्ट्रिय र क्षेत्रीय देशहरू र संस्था तथा व्यक्तिहरूलाई धन्यवाद भन्न चाहन्छु जसले हामीलाई सबै दबाब, आलोचना र आक्रमणबीचमा सकारात्मक रूपमा सहयोग गरेको छ’, वरिष्ठ जनरल मिन आङ ह्लिङले म्यान्मारको ७५ औँ स्वतन्त्रता दिवसको सम्झनामा एक भाषणमा भने ।

सुकीलाई नेपितावको जेलमा राखिएको छ र सेनाले उनमाथि स्वतन्त्र अदालतबाट उचित सुनुवाई गरेको दाबी गरेको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ७ : २८ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा