१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

एभरेष्टमा विज्ञान तथा चित्रकला प्रदर्शनी सम्पन्न



बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा विज्ञान तथा चित्रकला प्रदर्शनी शनिबार सम्पन्न भएको छ ।

प्रदर्शनीमा कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरुले बनाएका डेढ सयवटा विभिन्न प्रोजेक्टहरु प्रदर्शन गरिएको थियो ।

प्रतियोगितात्मक रुपमा विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा कक्षा ९ र १० बाट सोहन घिमिरेको समुह प्रथम, सुप्रिया थापाको समुह द्वितीय, सुमन वाग्लेको समुह तृतिय र स्पन्दन लम्सालको समुह चौथो भए । त्यसैगरी कक्षा ६,७ र ८ बाट बिहान न्यौपानेको समुह प्रथम, निर्जला शर्माको समुह द्वितीय, दृष्टि तिवारीको समुह तृतिय र रुसीन बिकको समुह चौथो बनेको हो ।

यस्तै कक्षा ४ र ५ बाट नियती पियाको समुह प्रथम, रिजन शाक्यको समुह द्वितीय, वंश थापाको समुह तृतिय र आरयक बेल्बासेको समुह चौथो बनेको निमावि तह संयोजक सरस्वती पाण्डेले जानकारी दिइन । विज्ञान प्रदर्शनी प्रतियोगितामा कक्षा ४ देखि ५ सम्मका विद्यार्थीले भोल्कानो, वाटर साईकल, माइक्रोस्कोप, कक्षा ६,७ र ८ का विद्यार्थीले ईलेक्ट्रिक साईकल, प्रोग्रामीङ्ग रोवोर्ट, स्मार्टसीटी, टेलिसकोप तथा कक्षा ९ र १० का विद्यार्थीले मोडेल बायो ग्यास, रकेट मोडल, अटोमेटिकल डष्टवीन, टर्निङ सेफ्टी रोड, लेजरलाईट सेक्युरेटी लगायतका डेढसय प्रोजेक्टहरु प्रदर्शन गरेको प्रदर्शनी संयोजक शिक्षक खेमबहादुर थापाले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटन गर्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा दक्ष बनाउनका साथै भविष्यमा सीपमुलक ब्यवहारिक शिक्षालाई जोड दिन प्रयोगात्मक शिक्षण सिकाइका लागि विद्यालयमा विज्ञान प्रदर्शनी राखिएको बताए । उनले विद्यार्थीलाई विज्ञान र आविश्कारका बस्तुहरुमा प्रत्यक्ष सहभागि बनाएर बौद्धिक ज्ञानको विकासका लागि प्रदर्शनी आयोजना गरिएको बताए ।

विज्ञान तथा चित्रकला प्रदर्शनीको अनुगमन गर्दै अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय संचालक समिति सदस्य ठाकुर ज्ञवाली, विद्यालयका सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, निर्णायक संयोजक शालिकराम भण्डारी, विशाल श्रेष्ठ लगायतले विद्यार्थीले बनाएका विज्ञान तथा चित्रकला प्रदर्शनीको अवलोकनसँगै प्रोत्साहन गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञान, धर्म, पर्यावरण ईतिहास र विकास सम्वन्धि चित्रण गरिएका चित्रकलाहरुको प्रदर्शन गरिएको चित्रकला संयोजक बिशाल थापाले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ६ : ३५ बजे

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति