४ माघ २०८२, आइतबार | January 18, 2026

मौसम जानकारी : तराईको मौसममा अझै सुधार भएन



काठमाडौं । डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।

जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको छ । पहाडी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।  राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली हुनसक्ने ठानिएको छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ३१ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा

क्याननमा ‘फुड क्यानिभल’

बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड

स्थानीय दबाबपछि एमालेको निर्णय फेरबदल, विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२