७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

मौसम जानकारी : तराईको मौसममा अझै सुधार भएन



काठमाडौं । डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।

जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको छ । पहाडी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।  राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली हुनसक्ने ठानिएको छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ३१ बजे

बुटवलमा अत्याधुनिक अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन

बुटवल । बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्