३ भदौ २०८३, बुधबार | August 19, 2026

सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव



काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति गर्नेगरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संविधानको पालना गर्दै परिवर्तनको अनुभूति हुनेगरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

छिनछिनमा हुने सरकार परिवर्तनको पक्षमा आफूहरू नरहेको भन्दै उनले समाजवादको मूल्य मान्यतामा रहेर देशको समृद्धिको बाटोमा हिँड्नुपर्ने बताए ।

भ्रष्टाचार, अनियमितता, अराजकता, दण्डहिनतालाई चिर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै  अध्यक्ष नेपालले सुशासनको प्रत्याभूति गराएर सबै क्षेत्रमा रहेका विचौलियाहरू, सेटिङ गर्ने सिस्टम भत्काउने काम गर्न सरकारलाई सुझाव दिए ।

देशको अर्थतन्त्र संकटग्रत रहेकाले यसप्रति सबैको ध्यान जानुपर्ने भन्दै उनले चर्काे ब्याजले सबै व्यवसाय धरासयीमा परेको बताए । संकटग्रस्त अर्थतन्त्रलाई सुधार्ने, कृषिक्षेत्रको विकास गर्नेलगायतका विषयमा सरकारको ध्यान जानुपर्ने नेता नेपालको भनाइ छ ।

मिटरब्याजी समस्याले जनताको जीवन नरकतुल्य बनाएको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराए । मलखाद तथा किसानको समस्या समाधान गर्न आग्रह गर्दै उनले प्रत्येक वर्ष व्यहोर्नुपर्ने शीतलहर, हिमपात, बाढीपहिरोको दिगो समाधानमा काम गर्न पनि सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  २ : ५२ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने