९ असार २०८३, मंगलबार | June 24, 2026

मुख्यमन्त्रीको आदेशमा वनको अनुमतिबेगर रुख काटिए, रुख काटेपछि वनसँग कटान अनुमति माग



भालुवाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा राप्ती प्राविधिक शिक्षालयले हुर्काएका रुख मुख्यमन्त्री कुल प्रसाद केसीको आदेशमा गैरकानुनी कटान गरिएको छ ।

प्रदेश राजधानीका लागि आवश्यक थप संरचना निर्माणका लागि भन्दै शिक्षालय परिसरका तीन सय भन्दाबढी रुख सम्बन्धित कार्यालयहरुलाई थाहा नदिई कटान गरिएको हो । रुख काटिएको भन्दै संरक्षणकर्मीले आपत्ती जनाएका छन् । कटान गरिएका रुख शिक्षालय परिसरमा यत्रतत्र थुपारिएको छ ।

जिल्ला वन कार्यालय दाङको अनुमति बिना धमाधम रुख काटिएपछि पर्यावरणकर्मीहरुले त्यसको विरोध गरेका थिए । जनस्तरबाट पनि बिरोध हुन थालेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले हत्तपत्त पुस पहिलो साता डिभिजन वन कार्यालयसित छपान र कटान अनुमती मागेको बताइएको छ ।

परिसरमा रहेका साल, आँप, खयर, सिसौं, सिमल, जामुन, गोलमाल, मसला, सिरिस प्रजातीका ३ सय भन्दा बढी रुख मंसिरको अन्तिमसातामा काटिएको भएपनि वन कार्यालयले पुस दोस्रो साता २ सय ४० रुख छपान गरी कटान अनुमति दिएको छ । मन्त्रालयले अनुमती मागे बमोजिम २४० रुख कटानको अनुमति पुसको दास्रो साता दिइएको वन कार्यालय लमहीका सहायक वन अधिकृत छोटेलाल चौधरीले जानकारी दिए । पुसमा अनुमति दिइएपनि रुख कहिले काटियो भन्ने आफुलाई जानकारी नभएको उनले बताए ।

यसका साथै मुख्यमन्त्री केसीले सडकको क्षेत्राधिकार पर्ने देउखुरी क्षेत्रको सडक किनारका रुखहरुपनि ठाडो आदेशमा कटान गर्न लगाएका छन् । राजमार्ग सरसफाई गर्न भन्दै मुख्यमन्त्री केसीकै आदेशमा राजमार्ग छेउछाउमा स्थानीयले हुर्काएका रुख काटिएका छन् ।

अनुमति बिना काटिएका रुख

क्षेत्राधिकार अन्तर्गत सडक डिभिजनले बन कार्यालयबाट अनुमति लिएर कटान गर्नुपर्नेमा बनको अनुमति बेगर मुख्यमन्त्रीको आदेशमा रुख काटिएको हो । सडककाट कटानका लागि अनुमति माग भएर पनि नआएको र काटिएको विषयमा बन कार्यालयलाई कुनै जानकारी नभएको डिभिजन वन लमहीका प्रमुख राजु क्षेत्रीले बताए । राजमार्ग छेउछाउको रुख कटानका बिषयमा बनबाट कुनै सूचना जारी नभएको र अनुमति पनि नदिइएको उनले बताए ।

सडक डिभिजन कार्यालय दाङले भने पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोलासम्म सडक विस्तार गर्न लागिएको भन्दै सडकको केन्द्रबिन्दुबाट ३१–३१ मिटर दायाँबायाँ किनाराका रुख हटाउन सूचना जारी गरेको थियो । सडक डिभिजन र वन कार्यालयको सूचनापछि स्थानीयले सडक दायाँबायाँका एक हजार भन्दाबढी रुख एकसातामै काटेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : १४ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३