७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

नागरिकतामा पहिलो श्रीमानको नाम हटाउँदै दोस्रो श्रीमानको नाम राख्ने बढे



रोल्पा । रोल्पामा दोस्रो श्रीमानको नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् ।

पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानको नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।

सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो । जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्ने गरी आउने गरेका छन् ।

“जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै स्थानीय तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्नेको सङ्ख्या पनि बढिरहेको छ”, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ११ : ५२ बजे

गण्डकीपूर्व वर्षा, नेपालगन्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

तानसेन । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई

बुटवलमा बसन्त गौचन फुटबल एकेडेमीको तेस्रो शाखा सञ्चालनमा

बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी