३ भदौ २०८३, बुधबार | August 20, 2026

अन्तरजातीय विवाह गर्नेलाई रू १ लाख दिने



सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरुप रु १ लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।

नगरपालिकाले दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट पास गरेर दलित छुवाछुत अन्त्यका लागि नीति निमार्ण गरेर सभाबाट बहुमतले पास भएको नगर प्रमुख बिष्णुकुमार भामले बताए ।

पिछडिएका दलित समुदायको हक अधिकार लागि नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै नगर प्रमुख भामले पालिका भित्रका १ देखि १४ वडा सम्मका १३ सय दलित घरधुरी रहेको समेत बताए ।  संस्कृति ,बाजा र सीपमुलक आर्यआजनको लागि प्रति घरधुरी पहिलो चरणमा २ हजार ५ सयका दरले दलित भत्ता उपलब्ध गराउने बताएको छ । सो भत्ता अन्तिम पाचँ बर्षको कार्यकालमा ५ हजार सम्म पुर्याउने लक्ष्य रहेको नगर प्रमुखको भामको भनाई छ ।

विधेयक नगरसभाबाट १० वटा बिभिन्नि नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ । बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ समेत पारित भएको छ । त्यस्तै  अपाङ्गता भएका व्यत्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिका स्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने भएको छ ।

नागरिकको हितका लागि अत्यावश्यक  भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, लगायत व्यवसायिक दर्ता तथा नविकरण कार्यनिर्देशीका २०७९, महिला हेल्प डेक्स कार्यविधि, महिलासँग उप प्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशीका नियमावली र विपत्त जोखिम  न्युनिकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : २१ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने