१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालय र दक्षिण कोरियाको सौल विश्वविद्यालयबीच अन्तरक्रिया



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र दक्षिण कोरियाको सौल राष्ट्रिय विश्वविद्यालयबीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी विश्वविद्यालय भ्रमणमा आएको सौल विश्वविद्यालयका पदाधिकारीहरुलाई स्वागत गर्दै अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

सो अवसरमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानमा सौल विश्वविद्यालयसंग सहकार्य गर्न सकिने बताए । बुद्धजन्मस्थलमा रहेका बौद्ध संस्कृति, कलाको उजागर गर्दै बौद्ध दर्शनको शिक्षा दिनलाई विश्वविद्यालयले मूल मर्म मानेर काम गरिएको भन्दै उनले सौल विश्वविद्यालयसंग प्राज्ञिक अनुभव आदान प्रदानका कार्य निरन्तर गरिरहनुपर्ने बताए ।

सौल राष्ट्रिय विश्वविद्यालयका रेक्टर य लंग सङले लुम्बिनी बौद्ध विश्वविद्यालयसंग सहकार्यमा शैक्षिक क्रियाकलाप गर्न पाउदा उत्साहित भएको बताइन् । उनले पाठ्यक्रम विकास, अनुसन्धान, अनुभव आदान प्रदानमा दुई विश्वविद्यालय मिलेर कार्य गर्न सकिने बताइन् । लुम्बिनी बौद्ध विश्वविद्यालयसंग पाठ्यक्रम निर्माणदेखि शिक्षणसम्म अनुभव आदानप्रदान गर्न आफूहरु सधै तत्पर रहेको उनले बताइन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले सौल विश्वविद्यालयजस्तो विशाल संस्थासंग सहकार्य गर्दा विश्वविद्यालय र विद्यार्थीहरुले लाभ प्राप्त गरेको बताए । बौद्ध विश्वविद्यालय विस्तारै विकास हुने चरणमा रहेकाले अनुभवहरु प्रदान गरेर वृद्धिविकासमा सहयोग र सुझाव दिन उनले आग्रह गरे ।

सौल विश्वविद्यालय स्टुडेण्ट अपेयर्सका डिन योङ यु किमले दुबै विश्वविद्यालयका विद्यार्थीहरु एक आपसमा कार्य गर्दा संस्कृति आदानप्रदानमा महत्वपूर्ण टेवा पुगिरहेको बताए । सौल विश्वविद्यालयका विद्यार्थीहरुले नेपालमा आएर संस्कृति, परम्पराका साथै शैक्षिक अनुभव समेत हासिल गरेको बताए ।

सो अवसरमा सौल विश्वविद्यालयका सामाजिक उत्तरदायित्व विभागका अध्यक्ष य म्योम सक, फाइन आर्ट एजुकेशनका अध्यक्ष प्रोफेसर किम छ्योङ सुक, संस्कृति अध्ययन विभागका पार्क बमसकले शैक्षिक कार्यक्रमका विषयमा जानकारी दिएका थिए । त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. हरिशरण चंखु, उकेशराज भुजु, अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरी, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, केन्द्रीय क्याम्पस प्रमुख निरबहादुर गुरुङ, सहायक क्याम्पस प्रमुख डा. शारदा पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण डा. सन्जिव हुमागाईं र चुरामणि पोखरेलले गरेका थिए । बौद्ध विश्वविद्यालय र सौल विश्वविद्यालयबीच दुई वर्षदेखि संयुक्त रुपमा विद्यार्थीका सिकाई क्रियाकलाप भइरहेको छ । अहिले कोरियाका १७ जना विद्यार्थी र बौद्ध विश्वविद्यालयका १६ जना विद्यार्थीले संयुक्त रुपमा सामाजिक उत्तरदायित्व विषयमा सिकाई अभ्यास गरिरहेका छन् । बौद्ध विश्वविद्यालयमा संयुक्त रुपमा भीआर कार्यक्रम सञ्चालन भएको थियो । सौल विश्वविद्यालय विश्वको उत्कृष्ट १० भित्र पर्दै आएको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ०४ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले