३ भदौ २०८३, बुधबार | August 20, 2026

उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे छायाँनाथले एक लाख दिने



मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

भर्खरै सम्पन्न नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातिय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका गैरदलितले दलित सँग विवाह गरे छायानाथ रारा नगरपालिकाले प्रोत्साहन स्वरूप एक लाख उपलब्ध गराउने भएको हो।

नगरप्रमुख विष्णुकुमार भामले छुवाछुत अन्त्य र दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए। पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार ३०० दलित घरधुरी छन्। उनले संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरीलाई पहिलो चरणमा दुई हजार ५०० का दरले दलित भत्ता उपलब्ध गराउने बताए। आफ्नो पाँच वर्षे कार्यकालमा पाँच हजारसम्म पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ। युवालाई कुलतमा फस्न नदिन नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ र अपांगता नियमावली २०७९ पारित भएको छ। यस्तै नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखीम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएको छ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १२ : २० बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने