१३ माघ २०८२, मंगलबार | January 27, 2026

चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व : मुख्यमन्त्री गिरी



देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सबै पर्वले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने बताएका छन ।

मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा आज उनले दिएको शुभकामना सन्देशमा पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपेर सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम रहोस् भनेका छन ।

शुभकामना सन्देशमा नेपालको समस्त भू-भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ-आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिअनुसार मनाउँदै आएको बताएका छन ।

“समग्रमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा मकर सङ्क्रान्ति एवं माघी पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ”, उनले भनेका छन, “हर्ष, खुसी र मनोरञ्जनपूर्वक मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरूको संरक्षण गर्नु सबैको दायित्व हो ।”

लुम्बिनी प्रदेशका सम्पूर्ण जनताको समृद्धि र विशेषगरी अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ । मुख्यमन्त्री गिरीले ‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’ भन्ने मूलमन्त्र लिएर विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माणको लक्ष्यका साथ प्रदेश सरकार अघि बढेको उल्लेख गरेका छन ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ३६ बजे

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको