७ श्रावण २०८३, बिहिबार | July 23, 2026

चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व : मुख्यमन्त्री गिरी



देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सबै पर्वले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने बताएका छन ।

मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा आज उनले दिएको शुभकामना सन्देशमा पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपेर सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम रहोस् भनेका छन ।

शुभकामना सन्देशमा नेपालको समस्त भू-भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ-आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिअनुसार मनाउँदै आएको बताएका छन ।

“समग्रमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा मकर सङ्क्रान्ति एवं माघी पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ”, उनले भनेका छन, “हर्ष, खुसी र मनोरञ्जनपूर्वक मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरूको संरक्षण गर्नु सबैको दायित्व हो ।”

लुम्बिनी प्रदेशका सम्पूर्ण जनताको समृद्धि र विशेषगरी अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ । मुख्यमन्त्री गिरीले ‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’ भन्ने मूलमन्त्र लिएर विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माणको लक्ष्यका साथ प्रदेश सरकार अघि बढेको उल्लेख गरेका छन ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ३६ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी