१५ माघ २०८२, बिहिबार | January 29, 2026

चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन : अध्यक्षमा न्यौपाने



बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन मँगलबार नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन  गरेको छ ।

समितिको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव बिकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिब भुसाल रहेका छन् । यसैगरी सदस्यहरुमा बिकास पराजुली, डि.बी. सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ रहेको निर्वाचन मण्डलका संयोजक विश्वास ढकालले जानकारी दिए । निर्वाचन मण्डलको सदस्यहरुमा कपिल ज्ञवाली र कृष्ण भण्डारी रहेका थिए ।

सर्वसहमत अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष न्यौपानेले संघलाई थप क्रियाशिल र आर्थिक रुपमा सबल बनाए अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । यसैगरी सदस्यहरुको वृद्धिलाई समेत प्राथमिकतामा राख्ने बताए ।

यसअघि उद्घाटन सत्रमा निवर्तमा अध्यक्ष सुमन श्रेष्ठले स्व. पत्रकार एन.बी. कंडेलको स्मृतिमा पुरस्कारको घोषणा गरेका छन् । चलचित्र पत्रकार संघ रुपन्देहीका सदस्य तथा ग्लोबल आवाज डटकमका सम्पादक कंडेलको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । उनको स्मृतिमा उनले गरेका योगदानलाई कदर गर्दै हरेक वर्ष प्रदान गर्नेगरी स्व. एन. बी. कंडेल उत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने बताए । साधारण सभाका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारिताको क्षेत्रमा मनोरञ्जन तथा चलचित्र पत्रकारिता क्षेत्र फरक र विशिष्ट बिटका रुपमा बिकास हुँदै गएको उल्लेख गरे । यसैगरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर डंगोलले मोफसल र केन्द्र बीच परस्पर समन्वय नभएका गुनासाहरु आउने गरेको बताउँदै ती गुनासाहरुको समाधान गर्ने गरि अघि बढ्ने प्रतिवद्धता गरे । संघलाई थप सुधार र व्यवस्थित गर्नका लागि आवश्यक कार्यशाला तथा गतिविधि सञ्चालन गरिने बताए ।

कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघका उप महासचिव ओम जैसी, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल, फोटो पत्रकार संघ रुपन्देहीका अध्यक्ष मनिष पन्थ, पत्रकार महासघ रुपन्देहीका उपाध्यक्ष बिस्वास ढकाल, चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार टोपराज शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ५३ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।