४ भदौ २०८३, बिहिबार | August 20, 2026

लोप हुँदै पञ्चेबाजा, नयाँ पुस्ताले बजाउनै छाडे



मुसीकोट । गाउँघरमा हुने विभिन्न सुखद जमघटमा अनिवार्यजस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला नियकायले संरक्षणमा जोड नदिँदा पञ्चैबाजा संरक्षणमा चुनौती थपिएको हो ।

दमाहा, ट्याम्को, झ्याम्टा, सनई र ढोलकी यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चैबाजा । विवाह, व्रतबन्ध, पूजाआजा र अरु विविध सामाजिक कार्यमा बज्ने यस्ता बाजाको प्रयोग हिजोआज कमै मात्रामा हुन थालेको छ । पुरानो पुस्तामा यो बाजा बजाउने सीप भए पनि पछिल्लो पुस्ताले यसमा खासै चासो दिएको छैन । बाजा बजाउने सीपको पुस्तान्तरण हुन नसक्दा यो मौलिक नेपाली सङ्गीत हराउँदै जान थालेको स्थानीयवासी रविलाल नेपालीले बताए ।

पहिले दलित समुदायका विभिन्न जातिले यो बाजालाई पेसा बनाएका थिए तर पछिल्लो पुस्ताले यसमा अभिरुचि नदेखाएपछि रुकुममा पञ्चेबाजा बजाउने कम हुँदै गएका छन् । गाउँमा बाजा बजाउने सबै पुराना पुस्ताका मात्र देखिन्छन् । नयाँ पुस्ताले पञ्चेबाजा बजाउन नसिक्दा पञ्चेबाजा लोप हुने त होइन भन्ने चिन्ता बढेको मुसीकोटका भागिराम परियार बताउछन ।

पञ्चेबाजासँगै अन्य विविध मौलिक संस्कृति संरक्षणमा सरोकारवाला निकायले गरिरहेको प्रयास पर्याप्त हुन सकेको छैन । बाजा बजाउनेलाई पोसाक र बाजा खरिदमा सहयोग गर्ने, बेलाबेलामा प्रतियोगिता आयोजना गर्ने र विभिन्न ¥याली, जुलुस, उत्सव तथा औपचारिक कार्यक्रममा सहभागी बनाउनेजस्ता काम गर्ने गरे पनि बाजा संरक्षणका लागि बाजा बनाउनेदेखि बजाउने सीपको प्रवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको मुसीकोट नगरपालिकाका नगर उपप्रमुख विमलकुमार पुन बताउछन ।

स्थानीय सरकारले पनि पुराना मौलिक बाजा संरक्षणका लागि विभिन्न कार्यक्रम बनाएको उनको दाबी छ । बजारमा पाइने आधुनिक गाजाबाजाको कारण पनि पञ्चैबाजा लोप हुँदै गएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाको भनाइ छ ।

“मौलिक कला, संस्कृति र सङ्गीत हाम्रा अमूल्य सम्पति हुन्”, देवकोटाले भने, “हाम्रा पुर्खाले कयौँ कला, संस्कृति र सङ्गीतको विकास गरेका छन् ।” यसको संरक्षण र प्रचारप्रसार जरुरी रहेको उनको भनाइ छ । पञ्चेबाजासहित अन्य लोक संस्कृतिको मुहार आगामी पुस्ताले देख्न मुस्किल पर्ने र यसका लागि पछिल्लो पुस्ताको सक्रियता र अभिरुचिको पनि उत्तिकै खाँचो देखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्षको जोड छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : २८ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक