७ जेष्ठ २०८३, बिहिबार | May 22, 2026

सिम डुप्लिकेसन गरी ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । सिम डुप्किकेसन गरी ठगी गरेको अभियोगमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं गंगोबु बस्ने २६ वर्षीय पूर्ण योगी भन्ने पूर्णनाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ ।

योगीले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप, ईमो जस्ता एपको दुरूपयोग गरी आकर्षक तलब सुबिधामा फ्रान्स, स्विटजरल्याण्ड जस्ता विकसित देशमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखी भिसा प्रोसेसिङको लागि सम्पर्कमा आएका व्यक्तिको सक्कल कागजात मागेका थिए ।

तत्पश्चात भिसा प्रोसेसिङको लागि बैंक खातामा रकम जम्मा गर्न लगाउनुको साथै पीडितहरूले पेश गरेको नागरिकता तथा राहदानी समेतका प्रतिलिपिहरू मोबाइल सेवा प्रदायक कम्पनीहरूमा पेश गरी पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्‍याई  पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगीमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ५ : ३८ बजे

गण्डकीपूर्व वर्षा, नेपालगन्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

तानसेन । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई

बुटवलमा बसन्त गौचन फुटबल एकेडेमीको तेस्रो शाखा सञ्चालनमा

बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी