२२ मंसिर २०८२, सोमबार | December 8, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन । पुस २७ गते प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन ।

पुस २८ गते गिरीले प्रदेशको राजधानी देउखुरीमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दै दुई सदस्य विना विभागीय मन्त्रिपरिषद गठन गरेका थिए ।

मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे प्रदेशसभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ ।

मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तारमा लाग्ने ७ दलीय गठबन्धनको नेतृत्व गरेको नेकपा एमालेले बताएको छ । मुख्यमन्त्री सहित ९ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी सरकारले गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : ०० बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द