१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

प्रतिनिधिसभाद्वारा विमान दुर्घटनासम्बन्धी शोक प्रस्ताव पारित



काठमाडौं । आजको बैठकले पोखरामा गत आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो । दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा मौनधारण गरिएको थियो ।

यसअघि आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ ७ गते शनिबार अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ५९ बजे

मन्त्रालय टुंग्याउन सत्ता गठबन्धनको बैठक ८ बजे बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आंशिक बदली रहने

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध

काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई