१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आजको मौसम : हिमाली भेगमा हिमपात, तराईमा हुस्सुले जनजीवन प्रभावित हुने सम्भावना



काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आज बिहान सामान्य बदली रहेको छ ।

मधेस प्रदेश र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हिमपात र हुस्सु तथा कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ४० बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल