१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

रोहिणी-३ वडा कार्यालयद्वारा कम्बल वितरण



भैरहवा । रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालय धकधई, रुपन्देहीले वडा नम्बर ३ मा रहेका एकल महिलाहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले सोमबार धकधईमा एक कार्यक्रमकाबीच कम्बल वितरण गरेको हो ।

चिसो मौसमलाई मध्यनजर गर्दै १४० जनालाई कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताए । उनले भने, ‘नागरिकलाई विकासको अनुभुति दिलाउन लागिपरेका छौं, थुप्रै काम गर्न बाँकी छ । ’उनले सबैले समेट्न सकियोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताए ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्थानीय सरकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारले जनताको पीर मर्का नजिकसँग बुझ्न पाएको बताए । जनता र सरकारबीचको सम्बन्धलाई स्थानीय सरकारले थप बलियो बनाएको उनको भनाइ थियो । अध्यक्ष यादवले भने, ‘जनतालाई नजिकबाट सेवा दिन्छौं, रोहिणीलाई नमूना गाउँपालिका बनाउँछौं, विकासका एजेण्डामा एकताबद्ध छौं । ’

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालयले राम्रो काम गरेको बताइन् । उनले आगामी वर्षहरुमा पनि यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले सबैलाई समेट्न र सँगसँगै लैजाने प्रयास गरेको बताए । उनले स्थानीय सरकार पालिकाको विकासका लागि नागरिकसँग हातेमालो गर्दै अघि बढेको बताए ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले नागरिकको समस्या समाधानमा वडा कार्यालय र गाउँपालिका लागिपरेको बताए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा रोहिणी-३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, सरस्वती विश्वकर्माको स्वागत तथा रोहिणी-३ की वडा सचिव पूर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : १० बजे

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे