१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

जनता नमुनाले तेस्रो पटक पनि जित्यो खजुरा मेयर कप



खजुरा । बाँकेको खजुरा गाउँपालिकाको पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता नमुना माविले हात पारेको छ ।खजुरा गाँउपालिकाको वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श माविमा सम्पन्न प्रतियोगितामा जनता नमुनाले यो पटक पनि उपाधि हात पार्न सफल भएको हो ।

जनताले एक्लैले १६ स्वर्ण, ४ रजत र ३ कास्य जित्दै रनिङ शिल्डको उपाधि हासिल गरेको छ । जनता नमुनाको यो तेस्रो पटकको जित हो । जनताले यस पटक सहित लगातार ३ पटक जितेर ह्याट्रिक गरेको छ ।

दोस्रो बनेको वडा नम्बर ३ मै रहेको ज्ञानोदय नमुना माविले ६ स्वर्ण, ८ रजत र ३ कास्य जितेको छ भने ५ स्वर्ण, ६ रजत र ६ कास्यसहित वडा नम्बर ३ मा रहेको आदर्श मावि तेस्रो बनेको छ ।

रनिङ शिल्डमा सम्पन्न भएको १६ खेलहरुमा प्राय सबै खेलहरुमा जनताका खेलाडी हावी देखिएका थिए। जनताले एथ्लेटिस्कतर्फको ६ वटै स्वर्ण कब्जा गरेको छ । जनताका लागि शान्ती पौडेल र टीकाराम सुनार ३–३ स्वर्ण दिलाएका थिए ।

छात्रा एथ्लेटिक्सतर्फ जनताले ७ स्वर्ण, १ रजत र १ कास्यसहित प्रथम भएको छ भने ३ स्वर्ण, ३ रजत र १ कास्यसहित ज्ञानोदय दोस्रो र २ स्वर्ण, ५ रजत र ४ कास्यसहित आदर्श तेस्रो बन्यो । छात्रतर्फ पनि जनताले ७ स्वर्ण, २ रजत र १ कास्यसहित प्रथम हुँदो दोस्रो बनेको आदर्शले ३ स्वणर्, १ रजत र २ कास्य जित्यो । ज्ञानोदयले भने स्वर्णसहित ४ रजत र २ कास्य जित्दै तेस्रो बन्यो ।

त्यसैगरी जनता क्रमश छात्रा भलिबल, छात्र भलिबल, छात्र कबड्डीतर्फ प्रथम भयो भने छात्रा कबड्डीतर्फ ज्ञानोदय प्रथम भएको छ । कबड्डीतर्फ ज्ञानोदयकी छात्रा नन्दिका सुनार र जनताका छात्र इसरार खाँ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । भलिबलमा छात्रातर्फ जनताका शान्ती पौडेल र छात्रतर्फ बसन्त पोख्रेल सर्वोत्कृष्ट खेलाडी भए ।

साथै निमावि तहमा ४ स्वर्ण र २ कास्यसहित ज्ञानोदय प्रथम भएको छ भने ३ स्वर्ण र १ रजतसहित अरुणोदय मावि दोस्रो र १ स्वर्ण र १ रजतसहित जनता तेस्रो भयो ।

प्रावि तहमा २ स्वर्णसहित जेनिथ एकेडेमी प्रथम, १ स्वर्ण र १ कास्यसहित जनसेवा मावि दोस्रो र १ स्वर्ण र १ कास्यसहित अमर मावि तेस्रो भयो ।

प्रतियोगितामा विजढी खेलाडीहरुलाई लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री कृष्ण केसी नमुनसहित बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोषसिंह राठौर, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक लगायतले प्रमाणपत्र, शिल्ड र पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : २६ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११