७ पुस २०८२, सोमबार | December 22, 2025

जनता नमुनाले तेस्रो पटक पनि जित्यो खजुरा मेयर कप



खजुरा । बाँकेको खजुरा गाउँपालिकाको पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता नमुना माविले हात पारेको छ ।खजुरा गाँउपालिकाको वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श माविमा सम्पन्न प्रतियोगितामा जनता नमुनाले यो पटक पनि उपाधि हात पार्न सफल भएको हो ।

जनताले एक्लैले १६ स्वर्ण, ४ रजत र ३ कास्य जित्दै रनिङ शिल्डको उपाधि हासिल गरेको छ । जनता नमुनाको यो तेस्रो पटकको जित हो । जनताले यस पटक सहित लगातार ३ पटक जितेर ह्याट्रिक गरेको छ ।

दोस्रो बनेको वडा नम्बर ३ मै रहेको ज्ञानोदय नमुना माविले ६ स्वर्ण, ८ रजत र ३ कास्य जितेको छ भने ५ स्वर्ण, ६ रजत र ६ कास्यसहित वडा नम्बर ३ मा रहेको आदर्श मावि तेस्रो बनेको छ ।

रनिङ शिल्डमा सम्पन्न भएको १६ खेलहरुमा प्राय सबै खेलहरुमा जनताका खेलाडी हावी देखिएका थिए। जनताले एथ्लेटिस्कतर्फको ६ वटै स्वर्ण कब्जा गरेको छ । जनताका लागि शान्ती पौडेल र टीकाराम सुनार ३–३ स्वर्ण दिलाएका थिए ।

छात्रा एथ्लेटिक्सतर्फ जनताले ७ स्वर्ण, १ रजत र १ कास्यसहित प्रथम भएको छ भने ३ स्वर्ण, ३ रजत र १ कास्यसहित ज्ञानोदय दोस्रो र २ स्वर्ण, ५ रजत र ४ कास्यसहित आदर्श तेस्रो बन्यो । छात्रतर्फ पनि जनताले ७ स्वर्ण, २ रजत र १ कास्यसहित प्रथम हुँदो दोस्रो बनेको आदर्शले ३ स्वणर्, १ रजत र २ कास्य जित्यो । ज्ञानोदयले भने स्वर्णसहित ४ रजत र २ कास्य जित्दै तेस्रो बन्यो ।

त्यसैगरी जनता क्रमश छात्रा भलिबल, छात्र भलिबल, छात्र कबड्डीतर्फ प्रथम भयो भने छात्रा कबड्डीतर्फ ज्ञानोदय प्रथम भएको छ । कबड्डीतर्फ ज्ञानोदयकी छात्रा नन्दिका सुनार र जनताका छात्र इसरार खाँ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । भलिबलमा छात्रातर्फ जनताका शान्ती पौडेल र छात्रतर्फ बसन्त पोख्रेल सर्वोत्कृष्ट खेलाडी भए ।

साथै निमावि तहमा ४ स्वर्ण र २ कास्यसहित ज्ञानोदय प्रथम भएको छ भने ३ स्वर्ण र १ रजतसहित अरुणोदय मावि दोस्रो र १ स्वर्ण र १ रजतसहित जनता तेस्रो भयो ।

प्रावि तहमा २ स्वर्णसहित जेनिथ एकेडेमी प्रथम, १ स्वर्ण र १ कास्यसहित जनसेवा मावि दोस्रो र १ स्वर्ण र १ कास्यसहित अमर मावि तेस्रो भयो ।

प्रतियोगितामा विजढी खेलाडीहरुलाई लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री कृष्ण केसी नमुनसहित बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोषसिंह राठौर, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक लगायतले प्रमाणपत्र, शिल्ड र पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : २६ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका