१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा मृत्यु



काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए ।

इलामका ३६ वर्षीय आचार्यले मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाह अगाडि सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् ।

आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो । आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका उनको ८० प्रतिशत शरीर जलेको थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ३६ बजे

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’