४ पुस २०८२, शुक्रबार | December 20, 2025

रास्वपाका कार्यबाहक अध्यक्ष श्रममन्त्री डीपी अर्याल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा पार्टीका उपाध्यक्ष तथा श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याललाई जिम्मेवारी दिइएको छ । शुक्रबार राति बसेको स्वतन्त्र पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

शुक्रबार साँझ आएको सर्वोच्च अदालतको फैसलाले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै उनले देखाएको नागरिकताका आधारमा आर्जन गरेका पदहरु खारेज गरिदिए लगत्तै रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । समानुपातिक सांसद अर्याल श्रममन्त्री समेत हुन् । बैठकले पार्टीले निधौरढा गरेका संगठन बिस्तार देखि प्रशिक्षणका सबै कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको समेत ढकालले बताए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ६ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको