४ चैत्र २०८२, बुधबार | March 18, 2026

१८ सय मिटर सडक ६८ महिनामा पनि सकिएन



खजुरा । बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य सम्पन्न भएको छैन। ठेकेदार कम्पनीले खजुरा बजार क्षेत्रको १८ सय मिटर सडकको निर्माण बनाउयँदा बनाउँदै अलपत्र पारे पछि स्थानीयबासीले वर्षौदेखि सास्ती खेप्न बाध्य बनेका छन् ।

गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा पाएको ठेक्काको ३ पटक म्याद थप हुँदा पनि ठेकेदार कम्पनीले काम गर्ने चासो देखाएको छैन । थपिएको अवधिभर काम नगरि बस्नदिने र म्याद सकिन लाग्दा केही काम गरे जस्तो गर्ने र म्याद थप्न सिफारिस गर्ने बाहेक अन्य काम सरकारी निकाय सडक डिभीजन कार्यालयबाट हुने गरेको स्थानीयले आरोप लगाएका छन् । काम नै नगरि २ वटा थप अवधि गुजारेको ठेकेदार कम्पनीले हरेक पटक बाहनाबाजी गर्दै काम नगर्ने गर्दापनि म्याद थप भइरहनुलाई छानबीनको विषय बनाउनु पर्ने स्थानीयको माग छ । काम नै नगरि ठेक्का सम्झौता थप गर्ने सरकानरी अधिकारीमाथि छानबीन हुनु पर्ने खजुराका नागरिक अगुवा दीपक ढकालले माग गरे ।

बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर चार लेन सडक निर्माणको काम २०७४ वैशाखमा ठेक्का लागेको थियो ।कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएकोेमा ६८ महिना बिते पनि अझै सडक अलपत्र अवस्थामा रहेको छ । विभिन्न बहानामा पटक पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय रोशन सापकोटाले बताए । स्थानीयले सडक निर्माणको माग गर्दै पटक पटक आन्दोलन भए पनि सडक अझै अलपत्र रहेको उनले बताए । थपिएको म्याद सकिन थालेपछि सिमित कामदार लगाएर पुनः ठेकेदारले सडक किनारको फुटपाथ बनाउन शुरु गरेका छन् ।

सडक बारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए ।

स्थानीयको दवाव र स्थानीय तहको पहललाई बेवास्ता गरेको ठेकेदार कम्पनीलाई पछिल्लो समय लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएकी छन् । मन्त्री केसीले ठेकेदार वामदेव रेग्मीलाई फोन गरेर तत्काल फिल्डमा आएर अधुरो सडकको काम पूरा गर्न निर्देशन दिएको बताइन् ।

काम नै नगरि म्याद थप गर्ने सडक डिभीजन कार्यालयमा झण्डै ६ महिना पहिले प्रमुख भएर आएका डीई निरज शाक्यले मोबाइल उठाएनन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ११ : ५४ बजे

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले