५ पुस २०८२, शनिबार | December 20, 2025

क्यानको कार्यसमिति बैठक आज पोखरामा बस्दै



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ । नेपाल टी-ट्वान्टी लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा बैठकको मुख्य एजेन्डा रहेका छन् ।

क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी-ट्वेन्टी लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमितिनै दुई भागमा विभाजित भएको छ ।

केही दिन अघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए । आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिन सक्ने सम्भावनासमेत छ ।

टी-ट्वान्टी लिगको रणनीतिक तथा कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता, फिक्सिङ सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनले दिएका सुझावका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकले निलम्बनमा रहेका सन्दीप लामिछानेलाई टिममा बोलाउने,नबोलाउनेबारे पनि निर्णय गर्नेछ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : २१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता