१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

८ औं मणिमुकुन्द रनिङ्गकप भलिबल प्रतियोगिताको शिल्ड अनावरण



बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा यहीँ माघ २४ गतेदेखि तिलोत्तमामा आठौं अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । माघ २८ गतेसम्म सञ्चालन हुने ‘मणिमुकुन्द रनिङ शिल्ड’को मंगलबार अनावरण गरिएको छ ।

विभिन्न प्रदेशका ११ समूह सहभागी हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी द्वितीय र तृतीय हुने समुहले क्रमशः १ लाख र ५५ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । यसैगरी सेमिफाइनल प्रवेश गर्ने अन्तिम समुहले ३० हजार नगद राशी सान्त्वना पुरस्कार प्राप्त गर्ने उनले बताए । विधागततर्फ बेस्ट सेटर, बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर लगायतलाई जनही १० पुरस्कार राशीले सम्मान गरिने भएको छ ।

करिब २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गर्ने र बाँकी रकम खेलप्रेमी तथा व्यवसायिक संघसंस्थाबाट सहयोग जुटाइने प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगितामा खेलाडीहरुका लागि खाना, नास्ता, आवास तथा यातायातको समेत व्यवस्था गरिएको उनले बताए । क्लबका सल्लाहकारहरु टुकबहादुर क्षेत्री, होबिन्द कार्की, प्रेस सल्लाहकार विश्वास ढकाल लगायतले जिल्लाकै उत्कृष्ट र नमूना प्रतियोगितालाई सबैले आ-आफ्नो ठाउंबाट सक्दो सहयोग गर्नुपर्ने आग्रह गरे ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसँगै नयाँ खेलाडीहरु समेत सहभागी हुने छन् । प्रतियोगिताले नयाँ प्रतिभाहरुको उदय तथा पहिचानमा सहयोग गर्नुका साथै खेल गतिविधिलाई चलायमान बनाउने आयोजकले अपेक्षा गरेको छ । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकुद”- भन्ने मूल नाराका साथ खेल गतिविधि गर्दै आएको मणिमुकुन्दले विगतदेखि भलिबल प्रशिण सञ्चालन गर्दै खेलाडीहरु उत्पादन गर्ने गरेको छ ।

आठौं संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशबाट जिल्ला भलिबल संघ स्याङ्जा, बाग्लुङ, तनहुँ, नवलपुर र पर्वत सहभागी हुने भएका छन् । यसैगरी लुम्बिनी प्रदेशका नवलपरासी, रूपन्देही, पाल्पा, गुल्मी सहभागी हुने भएका छन् । यस्तै बागमती प्रदेशबाट चितवन तथा सुदुरपश्चिम प्रदेशबाट बझाझ जिल्ला भलिबल संघ सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ३४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर