१४ बैशाख २०८३, सोमबार | April 28, 2026

८ औं मणिमुकुन्द रनिङ्गकप भलिबल प्रतियोगिताको शिल्ड अनावरण



बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा यहीँ माघ २४ गतेदेखि तिलोत्तमामा आठौं अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । माघ २८ गतेसम्म सञ्चालन हुने ‘मणिमुकुन्द रनिङ शिल्ड’को मंगलबार अनावरण गरिएको छ ।

विभिन्न प्रदेशका ११ समूह सहभागी हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी द्वितीय र तृतीय हुने समुहले क्रमशः १ लाख र ५५ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । यसैगरी सेमिफाइनल प्रवेश गर्ने अन्तिम समुहले ३० हजार नगद राशी सान्त्वना पुरस्कार प्राप्त गर्ने उनले बताए । विधागततर्फ बेस्ट सेटर, बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर लगायतलाई जनही १० पुरस्कार राशीले सम्मान गरिने भएको छ ।

करिब २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गर्ने र बाँकी रकम खेलप्रेमी तथा व्यवसायिक संघसंस्थाबाट सहयोग जुटाइने प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगितामा खेलाडीहरुका लागि खाना, नास्ता, आवास तथा यातायातको समेत व्यवस्था गरिएको उनले बताए । क्लबका सल्लाहकारहरु टुकबहादुर क्षेत्री, होबिन्द कार्की, प्रेस सल्लाहकार विश्वास ढकाल लगायतले जिल्लाकै उत्कृष्ट र नमूना प्रतियोगितालाई सबैले आ-आफ्नो ठाउंबाट सक्दो सहयोग गर्नुपर्ने आग्रह गरे ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसँगै नयाँ खेलाडीहरु समेत सहभागी हुने छन् । प्रतियोगिताले नयाँ प्रतिभाहरुको उदय तथा पहिचानमा सहयोग गर्नुका साथै खेल गतिविधिलाई चलायमान बनाउने आयोजकले अपेक्षा गरेको छ । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकुद”- भन्ने मूल नाराका साथ खेल गतिविधि गर्दै आएको मणिमुकुन्दले विगतदेखि भलिबल प्रशिण सञ्चालन गर्दै खेलाडीहरु उत्पादन गर्ने गरेको छ ।

आठौं संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशबाट जिल्ला भलिबल संघ स्याङ्जा, बाग्लुङ, तनहुँ, नवलपुर र पर्वत सहभागी हुने भएका छन् । यसैगरी लुम्बिनी प्रदेशका नवलपरासी, रूपन्देही, पाल्पा, गुल्मी सहभागी हुने भएका छन् । यस्तै बागमती प्रदेशबाट चितवन तथा सुदुरपश्चिम प्रदेशबाट बझाझ जिल्ला भलिबल संघ सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ३४ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११