३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराए सभामुख घिमिरेले



काठमाडौं । सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट आएको पत्र पढेर सुनाउँदै लामिछानेको पद रिक्त भएको जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । अदालतले संसद सचिवालयलाई पठाएको पत्र सभामुखले पढेर सुनाएका हुन् ।

पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भने, सभामुख घिमिरेले भने– ‘सर्वोच्च अदालतको पत्रको चलानी नम्बर २७४०६, मुद्दा नम्बर ०७९ डब्ल्यु सी ००३५ को मिति २०७९ माघ १५ गते, युवराज पौडेल निवेदक भई दायर भएको रिट निवेदनबाट प्रतिनिधिसभा सदस्य भएका रवि लामिछानेले अमेरिकी नागरिकता विधिवत् त्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता प्राप्त गर्न प्रक्रिया पूरा नगरिएको हुँदा निजले प्रतिनिधि सभाको सदस्य रहन देखिन उपयुक्त नदेखिएकोले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन उपयुक्त नदेखिएकोले उम्मेदवार भई निर्वाचित भएको देखिएकोले निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने काम नेपालको संविधानको धारा ३३ को उपधारा २, ३ र धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुन्छ भन्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ८९ को खण्ड ख बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको कुरा प्रतिनिधिसभा नियमावली २०७५ नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

चितवन क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति लामिछानेको नागरिकता अवैध ठहर गर्दै अदालतले फैसला गरेपछि सो नागरिकता प्रयोग गरेर भएका सबै कार्य पनि अवैध भएको सर्वोच्चको फैसलामा उल्लेख छ । त्यसलगत्तै सांसद, उपप्रधानएवं गृहमन्त्री र पार्टी सभापति पद पनि लामिछानेले गुमाएका थिए । तर, उनले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुरानै नम्वरको नयाँ नागरिकताको प्रमाणपत्र बुझेपछि एकै दिन पार्टी सदस्य हुँदै पार्टीको सभापतिमा चयन भएका छन् । लामिछानेले आफुलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ४ : ४३ बजे

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण