१६ असार २०८३, मंगलबार | June 30, 2026

आठौं मणिमुकुन्द रनिङ्गकप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमामा आजदेखी आठौं मणिमुकुन्द रनिङ्गकप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैं छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा आजदेखी प्रतियोगिता सुरु हुने भएको हो ।

बिहान १० बजेदेखी सुरु हुने प्रतियोगिमा पहिलो खेल जिल्ला भलिबल संघ नवलपुर र जिल्ला भलिबल संघ म्यादी हुने खेल संयोजक सुरेन्द्र गुरुङले बताए । कार्यक्रमको औपचारिक उदघाटन भने दिउँसो २ हुने गुरुङले बताए ।

विभिन्न प्रदेशका ९ समूह सहभागी हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी द्वितीय र तृतीय हुने समुहले क्रमशः १ लाख र ५५ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । यसैगरी सेमिफाइनल प्रवेश गर्ने अन्तिम समुहले ३० हजार नगद राशी सान्त्वना पुरस्कार प्राप्त गर्ने उनले बताए । विधागततर्फ बेस्ट सेटर, बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर लगायतलाई जनही १० पुरस्कार राशीले सम्मान गरिने भएको छ ।

करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा खेलाडीहरुका लागि खाना, नास्ता, आवास तथा यातायातको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसँगै नयाँ खेलाडीहरु समेत सहभागी हुने छन् । प्रतियोगिताले नयाँ प्रतिभाहरुको उदय तथा पहिचानमा सहयोग गर्नुका साथै खेल गतिविधिलाई चलायमान बनाउने आयोजकले अपेक्षा गरेको छ । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकुद”- भन्ने मूल नाराका साथ खेल गतिविधि गर्दै आएको मणिमुकुन्दले विगतदेखि भलिबल प्रशिण सञ्चालन गर्दै खेलाडीहरु उत्पादन गर्ने गरेको छ ।

आठौं संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशबाट जिल्ला भलिबल संघ स्याङ्जा, बाग्लुङ, याग्दी, नवलपुर र पर्वत सहभागी हुने भएका छन् । यसैगरी लुम्बिनी प्रदेशका नवलपरासी, रूपन्देही, पाल्पा, गुल्मी सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : ०८ बजे

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा