१० मंसिर २०८३, बिहिबार | November 26, 2026

पोखरा लेकसाइडको आगलागी दुई घण्टापछि नियन्त्रणमा



पोखरा । पर्यटकीय सहर पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज साँझ लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भूइँतलामा रहेको गोदामबाट साँझ ४ः३५ बजे सुरु भएको आगलागी ६ः४५ बजे पूर्ण नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट सेन्टरमा सञ्चालित आधा दर्जन व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ । आगलागीका समयमा कर्मचारी तथा ग्राहक पसलमा भए पनि मानवीय क्षति भने भएको छैन । प्रहरी निरीक्षक पौडेलले भने, “आगलागी पूर्ण नियन्त्रणमा लिएका छौँ । अहिले राति भएकाले क्षतिको सबै विवरण सङ्कलनमा कठिनाइ भएकाले भोलि बिहानमात्र घटनास्थलको मुचुल्का गर्नेछौँ ।” विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थल र पोखरा महानगरको गरी चारवटा बारुणयन्त्र र निजी खानेपानी कम्पनीका ट्याङ्करसमेत परिचालन गरिएको थियो । लेकसाइडको मुख्य सडक क्षेत्रमा भएको आगलागीका कारण प्रहरीले सवारी आवागमन रोकर घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाम पूर्ण क्षति भएपनि हिमालयन जाभा क्याफे, नासा ट्रेकिङ इकुप्मेन्ट सप, प्याडल नेपाल, तिब्बतीयन कल्चर सप, मसला बिटलगायतका पसलमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनापछि ठूलो सङ्ख्यामा सर्वसाधारण घटनास्थलमा जम्मा हुँदा प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ३६ बजे

Your email address will not be published.

टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा, दैनिक १५० घनमिटर ग्यास उत्पादन गर्ने लक्ष्य

काठमाडौं । लामो समयदेखि बन्द रहेको काठमाडौंको टेकुस्थित बायोग्यास प्लान्ट

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार

चेक अनादर मुद्दामा कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेता कान्छाराम तामाङविरुद्ध चेक

विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

काठमाडौँ । विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता,

सुनकोसी-मरिणको ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे छानबिन गर्न आङ्देम्बेको माग

काठमाडौं। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको