५ भदौ २०८३, शुक्रबार | August 21, 2026

खेलाडी छन्, खेलमैदान छैन


२९ माघ २०७९, आइतबार  

156
Shares

ढोरपाटन । कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङमा अब्बल छ । खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल खेल्दै आएका छन् । चाडपर्व, मेला-महोत्सव आयो कि बजारदेखि गाउँसम्म ठूला-ठूला पुरस्कार राशिको खेलकुद प्रतियोगिता हुन्छन् । खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ । तर जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेलमैदान छैन । भए पनि साँघुरा छन् ।

उपयुक्त खेलमैदान नहुँदा पनि खेलाडी उत्पादन भइरहेका छन् । उनीहरू साँघुरा घरको आँगन, बारीको पाटो तथा विद्यालयको प्राङ्गणमा खेल्दै आएका छन् । खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनुपरेको छ । त कति विदेशिनुपरेको छ । त्यही साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरका खेल खेलिरहेका छन् । उनीहरूले आफ्नो पहिचानलाई थप उचो बनाएका छन् ।

बागलुङबाट रवि केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गाबहादुर सुनार, सोफया पुनलगायत दर्जनौँ खेलाडीले राष्ट्रियस्तरमा आफ्नो पहिचना स्थापित गराउन गर्न सफल भइसकेका छन् । अहिले पनि उनीहरुकै पछि-पछि सयौँ बालबालिका तथा युवा भलिबल र फुटबल खेल्दै आएका छन् । खेलमैदान अभावमा गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लोस्तरको खेल कसरी खेल्न सकिन्छ भन्ने अन्योलमा छन् । राम्रो प्रशिक्षक र खेलमैदान नहुँदा राम्रो खेल्ने खेलाडी पनि गाउँमै सीमित बन्नुपरेको भलिबल खेलका अन्तर्राष्ट्रिय खेलाडी दिल सुनारले बताए ।

निसीखोला गाउँपालिका-१ का सुनारले विगतमा आफू पाटाको कुना, खोला किनारमा खेल्दै सिकेको स्मरण गर्दै अहिले पनि खेल क्षेत्रको अवस्था निकै दयनीय भएको बताए । पछिल्लो समय तीन तहकै सरकारले खेल क्षेत्रको प्रवद्र्धनका लागि बजेट व्यवस्थापन गरे पनि सही ठाउँमा प्रयोग हुन नसकेको सुनार बताउछन । अहिले पनि राज्यको खेलप्रति हेरिने दृष्टिकोण फेरिन नसकेको उनको भनाइ छ ।

उनी भन्छन, “खेल क्षेत्रमा अहिलेका पुस्तामा निकै ठूलो क्रेज छ, यो क्षेत्र निकै गौरव गर्न लायक क्षेत्र पनि हो, तर उपेक्षामा परेको जस्तो लाग्छ, अहिले पनि नयाँ-नयाँ सम्भावना बोकेका खेलाडी उत्पादन भइरहेका छन्, खेल्ने राम्रो वातावरण भएको भए उनीहरू देशमा मात्रै होइन, विदेशमा पनि छवि कमाउन सक्थे ।”

बडिगाडका नवीनकुमार घर्तीले गाउँघरमा खेल धेरै खेल्ने गरे पनि मैदानकै अभाव भोग्नुपरेको सुनाए । घर्तीले समथर खेलमैदान नहुँदा काठ, ढुङ्गामुडामाथि खेल खेल्नुपर्ने स्थिति रहेको गुनासो पोखे । ग्रामीण क्षेत्र निकै भिराला र अप्ठ्यारा हुँदा खेल खेल्नसमेत जोखिम रहेको घर्तीको भनाइ छ ।

उनी भन्छन, “स्कुलमा हो सबैभन्दा बढी खेल खेल्ने, दिउँसो पढाइ हुन्छ, बिहान–बेलुकी पर्याप्त समय हुँदैन, गाउँमा खेल्ने त उही मेला महोत्सवमा हुने प्रतियोगितामै हो, अरु समय त ठाउँ पनि हुँदैन, समय पनि त्यस्तै हुन्छ ।”

जिल्लाको बागलुङ नगरपालिका-१ स्थित बाङ्गेचौर, वडा नं ९ को भकुण्डे, काठेखोला गाउँपालिका-७ रेश र तमानखोला गाउँपालिका-३ तमानगाउँमा बाहेक अन्य ठाउँमा पर्याप्त खेलमैदान छैनन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले सरकारले जिल्लाका खेलकुदसम्बद्ध सङ्घसंस्थासँग सहकार्य नगरी बजेट विनियोजन गर्दा सही ठाउँमा प्रयोग हुन नसकेको बताए ।

उनी भन्छन, “बजेट कहाँ छ रु, कहाँबाट कति आउँछ, यसबारेमा खेलकुद विकास समितिलाई थाहै हुँदैन, खेलाडीको धेरै गुनासो खेलमैदानकै भएको हुँदा पछिल्लो समय हामीहरूले यसबारेमा जानकारी लिन थालेका छौँ ।”

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : ४५ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका