१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

एटिएम मेसिन तोडफोड गरेर चोरी गर्ने चार जना पक्राउ



काठमाडौं । एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका दुई जनालाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनीहरूसहित चार जनाले सोही महानगरपालिका(१५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर महानगरपालिका(९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर घर भई च्यासल बस्ने २३ वर्षीय कान्छाराम तामाङ, महोत्तरी घर भई सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई ठेचो बस्ने २५ वर्षीय कुशल लामा छन् ।

प्रहरीले उनीहरूबाट चक्कु, क्यामेरा, फलामको रड, खुकुरी, हम्बर र एयरफोन बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : २९ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously