४ चैत्र २०८२, बुधबार | March 18, 2026

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित



रसुवा । उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् ।

उच्च हिमाली पाखामा चार-पाँच फिटसम्म हिउँले पहाड छोप्ने गर्दथ्यो भने यस वर्ष अहिलेसम्म गोसाइँकुण्डलगायत स्थानमा हिमपात नभएको किसानले जनाएका छन् ।
जिल्लामा नौ हजार हेक्टरभन्दा बढी हिमशृङ्खलाको पहाड रहेको छन् । डिभिजन वन प्रमुख अनिल रेग्मीले हिमपात तथा वर्षा नहुँदा वन वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई जङ्गलका बीच भागमा खानेपानीको समस्या पर्ने सम्भावना बढेकोे जानकारी दिए ।

उनले हिउँदे वर्षाको कमीले ठाउँ-ठाउँका खोल्सा सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जसंग मिलेर जङ्गलका बीच भागमा पोखरी बनाउने कार्यक्रम अगाडि बढाएको बताए ।

विसं २०४९ मा भएको हिमपातको स्मरण गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भने, “त्यो साल नौ दिनसम्म हिउँ प¥यो, हिउँ झण्डै त्रिशूली नदी नजिकै पुगेको थियो । ठाडेबाट धुञ्चेसम्म नौ किमी सडक हिमपातले अवरूद्व हुँदा खाद्यान्नसमेतको सङ्कट पर्न गई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तत्कालीन समय तैनाथ नेपाली सेना दि फेमस महिन्द्र दलगणले हिउँको डल्ला फुटाली यातायात सञ्चालन गराएको थियो ।”

विसं २०६३ तिर पनि हिमपातले ठाडे-बोकेझुण्ड खण्डको सडक पाँच दिनसम्म बन्द हुँदा सेनाकै सहयोगमा हिउँ पन्छाई यातायात सञ्चालन गरिएको बताइन्छ । समुद्र सतहबाट एक हजार सात सय मिटर क्षेत्रसम्म पर्ने हिउँ अहिले क्रमिकरूपले हिमरेखामाथि सर्दै गएको र यस वर्षमा हिमपात नहुँदा लाङ्टाङ्को चुचुरोसमेत कालो देखिँदै गएको स्थानीय बासिन्दाले जनाएका छन् ।

गोसाइँकुण्डभन्दा माथिका डाँडामा समेत हिउँ नभएको जनाउँदै अल्टिच्युट एयरका वरिष्ठ चालक विवेक खड्काले गत वर्षको जस्तो यस वर्ष गोसाइँकुण्ड दहमा पानी नजमेको जानकारी दिए । उनले भने “कुण्डमा स्नानका लागि कुनै समस्या छैन ।” उनका अनुसार हेलिकोप्टरबाट स्नानका लागि फाट्टफुट्ट भक्तजन सो स्थानमा गइरहेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : ४३ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको