७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

रुपन्देही सुपरलिग : बुटवल राइनोजलाई सफलता



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बुधबारकोे खेलमा बुटवल राइनोज विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स-११ लाई २ विकेटले पराजित गर्दै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मास्टर्स-११ ले निर्धारित ५० ओभरको खेलमा ३२.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ४५ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि आदित्य त्रिपाठीले ३८, इमरान खानले ३४, जितेन्द्र शाहनीले ३० र दिनेश अग्रवालले १२ रन बनाए ।

बलिङमा बुटवल राइनोजका अलदिप कुँवरले ४, शिव कुँवरले २ तथा सुन्दर आले, अमर श्रेष्ठ र अरविन सारुमगरले समान १-१ विकेट लिए ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको बुटवल राइनोजले ४० ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसको जितमा अरविन सारुमगरले ३८, शैलेन्द्र यादवले ३७ र सुरज सारुमगरले नटआउट ११ रनको योगदान दिए ।

बलिङमा मास्टर्स-११ का दिनेश अग्रवालले ३ तथा सामोत पौडेल, अनिल जैसवार, सचिन राजभर र इमरान खानले समान १-१ विकेट लिए । बुटवल राइनोजका अलदिप कुँवर म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ३५ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि