२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ : निरज थापाको विजयी शुरुवात



बुटवल । रुपन्देहीमा शुरु भएको प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ मा निरज थापाले विजयी शुरुवात गरेका छन । प्रतियोगिताको उद्घाटन खेलमा थापाले ३५ प्लस उमेर समुहमा बुटवलका अनिल सेन्चुरीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका हुन । सोही उमेर समुहमा सन्तोष खत्रीले नवीन श्रेष्ठलाई ६–२, ६–१ कै सोझो सेटमा पराजित गरेका छन ।

कार्यक्रमको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले शुभारम्भ गर्दै खेलकुद पुर्वाधारमा स्थानिय पालिका सहयोग गर्न तयार रहेको बताए । आधुनिक र नया खेलहरुका साथै यहाका परम्परागत खेलहरुको संरक्षणमा समेत पालिका योजनावद्ध रुपमा लागेको उनले बताए ।

कार्यक्रममा नेपाल लनटेनिस संघका उपाध्यक्ष बिनोद कायस्थले नेपालमा काठमाडौ, पोखरापछि बुटवल लनटेनिस विकासमा अघि बढेको भन्दै यसमा सबैको साथ जरुरी रहेको बताए । पुर्वाधार विकास गरि थप २ कोर्ट निर्माण गर्न सके अन्तराष्ट्रिय प्रतियोगिता गराउन सकिने र यसबाट यहाको पर्यटनमा टेवा मिल्ने दाबी गरे ।

कार्यक्रममा नेपाल टेनिस संघका निवर्तमान केन्द्रीय अध्यक्ष मनोज सम्शेर राणा, जनप्रतिनिधि हरि प्रसाद श्रेष्ठ, कास्की लनटेनिस संघका अध्यक्ष लोक गुरुङ, संघका उपाध्यक्ष डा. मनोज ढुगाना, सचिव सब्बर मियाले अनुशासित र ब्यवसायिक खेलका रुपमा लनटेनिसलाई लिईने भन्दै अन्तराष्ट्रिय मंचमा धेरै खेलाडीहरु नेपालबाट पछिल्लोसमय उत्पादन भएको बताए । यसैबिच कास्की लनटेनिस संघका सल्लाहकार समिर शेरचनले रुपन्देहीको लनटेनिस विकासका लागि भन्दै १ लाख रुपैया सहयोग प्रदान गरेका छन ।

रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले काठमाण्डौ केन्द्रित रहेको खेललाई छोटोसमयमा स्थापित गराउदै उमेर समुहका खेलाडी उत्पादन गर्न सफल भएको बताए । खेल संयोजक तथा निवर्तमान अध्यक्ष संजय प्रकाश श्रेष्ठले पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेटान्स ४५ माथि, पुरुष भेटान्स ५५ माथि, ६५ माथि गरि कुल १२ इभेन्टमा संचालन हुने छ ।

प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तथा तृतिय दुई जना खेलाडीलाई जनही २० हजार रुपैया रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमश नगद ३० हजार, १५ हजार र १० हजार रुपैया, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता र तृतियलाई क्रमश २० हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र यसैगरि ६५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता तथा तृतिय खेलाडीलाई क्रमश १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि डबल्सतर्फ पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेटान्स डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ५ : ०३ बजे

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो