२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियाविरुद्ध नेपालको शानदार जित



काठमाडौं । नेपालले नामिबिया विरुद्धको खेलमा शानदार जित हासिल गरेको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले सात विकेटको क्षतिमा ४७.३ ओभरमा पूरा गरेको छ ।

नौ रनमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले १३९ रनको साझेदारी गरेका थिए । जसमा आशिफले ९८ बलमा ८१ रन र ज्ञानेन्द्रले ७४ बलमा ६५ रन बनाएका थिए ।

त्यसपछि आएका कुशल मल्लले पनि नेपालका लागि अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ६२ रन बनाए । त्यस्तै, रोहित पौडेलले ४९, सोमपाल कामीले आठ, सन्दीप जोराले तीन तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलमनले तीन, बेनार्ड स्कल्जले दुई र टंगेनी लुंगामेनी एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनायो । नामिबियाका लागि जेन ग्रिनले ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, पिक्की या फ्रेन्सले ४९, ह्यान्डी लोरेन्सले ४१, रुबेन टुम्पेलमनले २४, मिचेल भानलिंगेनले २२ र कार्ल ब्रिक्स्टोकले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ५ : ०७ बजे

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो