४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ : पहिलो दिन १६ खेल सम्पन्न



बुटवल । प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पहिलो दिन १६ खेलहरु सम्पन्न भएका छन । ३५ प्लस मेन्स सिङ्गल समुहमा सन्तोष खत्रीले नवीन श्रेष्ठलाई ६–२, ६–१, निरज थापाले अनिल सेन्चुरीलाई ६–१, ६–१ , अनिल शाहीले सबर मियालाई ६–१, ६–०, सन्जय प्रकाश श्रेष्ठले विकास गुरुङलाई ६–०, ६–०, लक्ष्मण तामाङले चुम बिक्रम शाहलाई ६–३, ६–४, राजन पौडेलले सोम रानालाई ६–०, ६–०, सिमान्त गुरुङले प्रकाश राज वाग्लेलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

मेन्स सिङ्गलतर्फ आशिष खड्काले सम्भव बिक्रम शाहलाई ६–४, ६–३, प्रितम परियारले प्रमोद थापालाई ६–०, ६–०, निशान श्रेष्ठले निहालजंग थापालाई ७–६, ६–४, ६–४, विष्णु नेपालीले देवासिस राउलेलाई ६–२, ६–१, सन्तोष खत्री निजेश महर्जनलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका छन ।

यसैगरि ४५ प्लस मेन्स सिङ्गलमा विश्वास थापाले विष्णु प्रसाद चापागाईलाई ५–७, ६–२, ११–९, मनोज नेपालले सुनिल श्रेष्ठलाई वाकओभर, माधव भण्डारीले रामु बिकलाई ६–३, ६–१, नबिन चालिसेले मनोज ढुगानालाई ६–०, ६–० को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि ३५ प्लस मेन्स डबल्समा अर्जुन गुरुङ र सोम रानाको जोडीले राज गुरुङ र प्रकाशराज वाग्लेको जोडीलाई ६–४, ६–३, अनिल सेन्चुरी र चुम बहादुर शाहको जोडीले सबर मिया र शेषमणी चौधरीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको