२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

देवदह बोर्डिङको रजत महोत्सवमा नगर स्तरीय भलिबल प्रतियोगिता



बुटवल । रुपन्देहीको देवदहमा जारी देवदह नगर स्तरीय अन्तरमावि छात्र भलिवल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । स्थानीय देवदह इङलिस माध्यमिक विद्यालय पिपलडाडाको रजत महोत्सवको अवसरमा आयोजित भलिवलमा सोमबार पहिलो चरणका खेलहरु भएका हुन् ।

सोमबार भएको पहिलो चरणका खेलहरुमा देवदह मा विलाई २-० सेटको सोझो सेटमा कोलिया इङ्लिस बोर्डिङ स्कूल विजयी भएको छ । यस्तै दोस्रो खेलमा देवदह इंग्लिस बोर्डिङ स्कूलले न्यू लुम्बिनीलाई २-१ को सेटमा हरायो भने तेस्रो खेलमा जनप्रिय मावि भलुहीलाई र देवदह मदरटङ्सले २-० को सोझो सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै सोमबारनै भएको चौथो खेल सरस्वती माविलाई एशियन लाइटले २-० को सोझो सेटले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक अर्पण पौडेलले बताए । देवदह नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका १६ समुहहरु सहभागि भएको प्रतियोगितामा मंगलबार क्वाटर, सेमिफाईनलका खेलहरु हुने खेल संयोजक पौडेलले जानकारी दिए । मंगलबार सबैखेल भएमा फाईनल पनि मंगलबार हुने र नसकिए बुधबार बिहान फाईनल खेल हुने छन् ।

राष्ट्रिय भलिवल खेलाडी प्रताप खवास र आकाश बेल्बासेले प्रशिक्षकको भुमिका निभाउनु भएको प्रतियोगिताको विजेताले ५ हजार नगद, द्वितीयले ३ हजार नगद र तृतीय हुनेले २ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिए । सोमबार देखि सुरु भएको नगर स्तरीय भलिवलको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद्को सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदको विकास र खेलाडि उत्पादनका संस्थागत विद्यालयको योगदानलाई बिर्सन नहुने बताए । उनले खेलक्षेत्रका समग्र विकासका लागि स्थानीय तहले संस्थागत र सामुदायिक विद्यालयहरुसँग समन्वय गरेर खेलक्षेत्रमा आशालाग्दा खेलाडि उत्पादन गर्न सघाउनु पर्ने सुझाव दिए ।

विद्यालयका अर्जुन कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्याल, सामाजिक अगुवा रामप्रसाद देवकोटा, यज्ञ तिवारी, कमल पौडेल लगायतले खेल क्षेत्रको विकासका लागि विद्यालयतहबाटै विद्यार्थीलाई खेलकुदमा रुची जगाउनु पर्नेमा जोड दिए ।

यसैबीच विद्यालयले स्थापनाको २७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सप्ताहब्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउँदै छ । विद्यालयले ७ गते सरसफाई कार्यक्रम र पुर्वविद्यार्थी मिलन कार्यक्रम सम्पन्न गरि सकेको छ भने १० गते अभिभावक खेलकुद र स्वास्थ्य शिविर, ११ गते पुरस्कार वितरण कार्यक्रम तथा १२ गते मुल समारोहका साथमा रजत महोत्सव मनाउने कार्यक्रम रहेको सह-प्राचार्य मनबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : १८ बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत