८ पुस २०८२, मंगलबार | December 23, 2025

इन्टलेक्च्युअल एकेडेमीले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मा रहेको इन्टलेक्च्युअल एकेडेमीले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

एकेडेमीले आज सोमबार १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले परिवर्तित समयसँगै शिक्षा पनि परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी नगर उपप्रमुख सावित्रादेवि अर्यालले स्कूलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझै शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह गरिन् । शिक्षाको विकास भए मात्र बुटवलको विकास हुने बताइन् ।

विद्यालयका प्रबन्ध निर्देशक रामराज पोखेरेलले शिक्षा विद्यार्थीलाई सटिफिकेट प्राप्त गर्नका लागि नभई जीवन उपयोगीसीपका रुपमा प्रयोग हुने गरि अध्यापन गराउन जरुरी भएको औल्याए । वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी हरुलाई सम्मान समेत गरेको थियो ।

विद्यालयका अध्यक्ष गोविन्द्र मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन बुटवलका उपाध्यक्ष मित्रहरि आर्चाय, पत्रकारमहासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, भुवन सिंह विक लगायतले बोलेका थिए ।

सो अवसरमा विद्यार्थीहरुले नाँचगान, चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले बनाएका वस्तुहरुको स्टल समेत प्रर्दशन गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : ११ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक