७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक



काठमाडौं । राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बोलाएको छ ।

राजतन्त्रको पक्षधर राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा विवाद छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गर्नका लागि राप्रपाले बैठक बोलाएको हो ।

शुक्रबार मध्यान्न १२ बजे बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

शनिबार राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्नुअघि राप्रपाले बैठक बोलाएको हो । निर्वाचनमा भाग लिएको अवस्थामा कसलाई समर्थन गर्ने भन्ने निर्णय पनि सोही दिन हुने बताइएको छ ।

सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी भएका कारण निर्वाचनमा भाग लिनुपर्ने अधिकांश केन्द्रीय सदस्यहरुको मत रहेको छ । यद्यपी, कतिपय सदस्यहरुले भने पार्टी नीतिअनुसार राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने अडान सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ४६ बजे

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ