२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक



काठमाडौं । राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बोलाएको छ ।

राजतन्त्रको पक्षधर राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा विवाद छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गर्नका लागि राप्रपाले बैठक बोलाएको हो ।

शुक्रबार मध्यान्न १२ बजे बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

शनिबार राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्नुअघि राप्रपाले बैठक बोलाएको हो । निर्वाचनमा भाग लिएको अवस्थामा कसलाई समर्थन गर्ने भन्ने निर्णय पनि सोही दिन हुने बताइएको छ ।

सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी भएका कारण निर्वाचनमा भाग लिनुपर्ने अधिकांश केन्द्रीय सदस्यहरुको मत रहेको छ । यद्यपी, कतिपय सदस्यहरुले भने पार्टी नीतिअनुसार राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने अडान सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ४६ बजे

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको